logo
२०८० चैत्र १६ शुक्रवार



भरतीय वातावरणविद् प्राध्यापक राधा मोहनको निधन, भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अन्तर्राष्ट्रिय |


भरतीय वातावरणविद् प्राध्यापक राधा मोहनको निधन, भारतका राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
तस्विर-फाइल


नयाँ दिल्ली, जेठ २८ गते।
भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतका एकजना प्रख्यात वातावरणविद् प्राध्यापक राधा मोहनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भारतको सबैभन्दा प्रतिष्ठित मानिएको पुरस्कार पद्मश्री पुरस्कार प्राप्त गर्नुभएका भारतका प्राध्यापक राधा मोहन प्रख्यात अर्थशास्त्री पनि हुनुहुन्थ्यो ।

उहाँले आज ट्वीट गर्दै राधा मोहन भारतका एकजना वरिष्ठ वातावरणविद् पनि हुनुहुन्थ्यो भन्नुभएको छ । राष्ट्रपति कोविन्दले प्राध्यापक राधा मोहनको निधनले भारतमा आर्थिक तथा वातावरणको क्षेत्रमा पनि ठूलो क्षति पुगेको बताउनुभएको छ ।
भारतको अर्थतन्त्र तथा वातावरणका क्षेत्रमा राधा मोहनले ठूलो योगदान पु¥याउनु भएको पनि राष्ट्रपति कोविन्दले गर्नुभएको ट्वीटमा उल्लेख गर्नुभएको छ ।त्यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि प्राध्यापक राधा मोहनले भारतमा कृषि, वातावरण र अर्थतन्त्रको क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको बताउनुभएको छ ।

प्रधानमान्त्री मोदीले दिगो कृषिका साथै कृषि प्रणालीलाई आधुनिक बनाउनमा ठूलो योगदान पु¥याएको चर्चा गर्दै उहाँको निधनबाट भारतले यस क्षेत्रमा ठूलो क्षति व्यहोर्नुपरेको धारणा राख्नुभएको छ ।
राधा मोहनको उडीसाको एक अस्पतालमा उपाचार भइरहेको थियो । उहाँको ७८ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?