logo
२०८१ बैशाख ४ मंगलवार



न्युजिल्याण्डमाथि जितसँगै श्रृखंलामा अष्ट्रेलियाको पुनरागमन

खेलकुद |


न्युजिल्याण्डमाथि जितसँगै श्रृखंलामा अष्ट्रेलियाको पुनरागमन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १९ गते । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्धको तेस्रो टी ट्वान्टी खेल ६४ रनले जितेको छ । यसअघिको दुबै टी ट्वान्टी हारेको अष्ट्रेलियाले तेस्रो टी ट्वान्टी जितसँगै पाँच म्याचको श्रृखंलामा पुनरागमन गरेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले १७ ओभर एक बलमा मात्र १४४ रनमा समेटियो । आठौं ओभरमा ८० रनमा मात्र दुई विकेट गुमाएको न्युजिल्याण्डले थप ६४ रन बनाउँदा आठ विकेट गुमाउन पुग्यो । न्युजिल्याण्डको पारीमा ओपनर मार्टिन गुप्टिलले सर्वाधिक ४३ तथा डेभोन कोन्वेको ३८ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन ।
अष्ट्रेलियाका लागि आष्टन एगरले माच चार ओभरमा ३० रन खर्चेर सर्वाधिक छ विकेट लिनुभयो । रिली मेरिथले दुई तथा एडम जाम्पा र केन रिचर्डसनले सामान एक एक विकेट बाँड्नुभयो ।
त्यसअघि, वेलिंग्टनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पाहुना टोलि अष्ट्रेलियाले पुरा २० ओभर खेल्दै मात्र चार विकेटको क्षतिमा २०८ रनको उत्कृष्ट योगफल तयार गर्यो । अष्ट्रेलियाको पारीमा कप्तान समेत रहनुभएका ओपनर ब्याट्सम्यान आरोन फिञ्चले मात्र ४४ बलमा ६९ रनको योगदान दिनुभयो । मध्यक्रममा ग्लैन म्याक्सवेलले मात्र ३१ बलमा आठ चौका र पाँच छक्काको सहयोगमा ७० रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डका लागि इश सोढीले सर्वाधिक दुई तथा टिम साउदी र ट्रेन्ट बौल्टले सामान एक एक विकेट लिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?