logo
२०८१ बैशाख ८ शनिवार



सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित

प्रदेश |


सुदूरपश्चिम प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित


अविनाश चौधरी
धनगढी, फागुन १९ गते । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बोलाइएको बैठक स्थगित भएको छ । प्रदेश सरकारको मन्त्रीका व्यस्तताका कारण प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । बैठक दिउँसो १ बजे बोलाइएको थियो ।
योसँगै प्रदेश सभा बैठक लगातार दोस्रो पटक स्थगित भएको छ । यसअघि, गएको फागुन १७ गते पनि प्रदेश सभा बैठक स्थगित गरिएको थियो । अर्को बैठक बिहीबार (भोलि) दिउँसो १ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता सिद्धराज चटौतले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबारको बैठकमा विधेयकको प्रतिवेदन प्रस्तुत हुनेछ । यसैगरी, समसामयिक विषयमा छलफलका लागि शून्य समय पनि उपलब्ध गराइने प्रवक्ता चटौतले जानकारी दिनुभयो ।
गएको माघ २६ गतेदेखि सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?