logo
२०८० चैत्र १६ शुक्रवार



तातो पानी कुण्डको प्रयोग गर्ने आन्तरिक पर्यटक बढे

पर्यटन |


तातो पानी कुण्डको प्रयोग गर्ने आन्तरिक पर्यटक बढे


राजन रावत
हुम्ला फागुन १९ गते । हिउँदे समय सुरु भएसँगै हुम्लामा रहेका तातो पानीका कुण्डहरु प्रयोग गर्ने आन्तरिक पर्यटकहरुको संख्या बृद्धि भएको छ । तातो पानीमा सरसफाई गर्न पनि सहज र शरिरलाई समेत फाईदा हुने भएपछि तातो पानीको कुण्ड प्रयोग गर्नेको संख्यामा बृद्धि भएको हो ।

उनापानीमा तातो पानीको कुण्ड भएको थाहा पाउने बित्तिक्कै त्यसतर्फ हानिनु भएका पैदल यात्री सुरेन्द्र अधिकारीले कुण्डमा रमाउदै यसमा मजा लिन सबैलाई आग्रह गर्नु भएको छ । आधा घण्टा पछि कुण्डमा पस्ने पालो पाउनु भएका उहाँले थाहा पाएपछि यता आएको बताउनु भयो । यसको ब्यबस्थापन गरेर यसबाट फाईदा दिने अबस्था बनाउनु पर्नेछ । उक्त कुण्ड हुम्ला जिल्लाकै नाम कमाएको कुण्डमा पर्ने गर्छ ।

उक्त तातो पानी कुण्डमा दैनिक तीन सय भन्दा बढी स्थानीय र आन्तरिक पर्यटकहरु नुहाउन आउने गरेको उनापानी गाउँका स्थानीय दलु महताराले बताउनु भयो । प्रचार प्रसारले ओझेलमा परेको कुण्डमा बिहान तीन बजेबाटै मानिसहरुको घुईचो लाग्ने गरेको छ । यो क्रम दिनमा तीन देखि चार घण्टा मात्र रोकिने गरेको छ । उक्त क्षेत्रमा पैदल हिड्ने जो कोही पैदल यात्रु तातो पानीमा पुगेर नुहाउने गरेको उनापानी गाउँका स्थानीय दाने फडेराले बताउनुभयो । अन्य ब्यबस्थापन नगरिएको कुण्ड प्राकृतिक रुपमा जे प्राप्त भएको थियो, त्यही रुपमा सबैले प्रयोग गर्दै आउनु भएको छ ।

बाथ तथा छाला सम्बन्धि रोगहरुको उपचार पनि कुण्डमा नुहाउदा हुने मान्याताले गर्दा हुम्लाका टाढा टाढा गाउँहरुबाट पनि मानिसहरु आउने गरेका छन् । फिल्डमा गै रहने कर्मचारी देखि गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तातो पानी नुहाउने कार्य दैनिकी जस्तै भएको छ । चिसो पानी छुनै मुस्किल हुने हुम्लामा तातो पानीले गर्दा मानिसलाई नुहाई धुवाई मात्र होइन कपडा धुलाउनका लागि पनि राहत पुगेको छ । उक्त तातोपानीको कुण्डमा दैनिक सत्तरी भन्दा बढी ब्यक्तिहरुले नुहाउने गरेको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?