logo
२०८० चैत्र १६ शुक्रवार



नेपालको रिसोर्सेस हिमालय फाउन्डेसनलाई युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार

बिज्ञान |


नेपालको रिसोर्सेस हिमालय फाउन्डेसनलाई युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार


गोरखापत्र अनलाइन
काठमाडौं, फागनु १० गते । शैक्षिक नव प्रवर्तनका लागि प्रदान गरिने युनेस्को वेन्हुई अन्तर्राष्ट्रिय पुरस्कार २०२० का लागि नेपालको रिसोर्सेस हिमालय फाउन्डेसन अंतिम विजेता घोषित भएको छ ।
एशिया प्रशान्त क्षेत्रमा शैक्षिक नवप्रवर्तनमा उत्कृष्ट योगदान गरे बापत दिइने सो पुरस्कार रिसोर्सेस हिमालय फाउन्डेसनले अघि सारेको विज्ञान बढाऔं कोरोना भगाऔं परियोजनाका निम्ति प्रदान गरिएको फाउण्डेसनले जनाएको छ ।
युनेस्कोको लागि चीनको राष्ट्रिय आयोग र विकासको लागि शैक्षिक नवप्रवर्तन युनेस्को एशिया प्रशान्त कार्यक्रमको सहकार्यमा सन् २०१० मा स्थापित सो पुरस्कारको राशी अमेरिकी डलर २० हजार रहेको छ । रिसोर्सेस हिमालय फाउन्डेसनले कोभिड १९ को महामारीसँग जुध्न नेपालमा लकडाउन घोषणा भए लगत्तै गत २०२० अप्रिल २ बाट युवा वैज्ञानिक नेपाल नामक संजाल निर्माण गरी वैज्ञानिक चेतना विस्तार, शैक्षिक सामग्री निर्माण तथा प्रचार प्रसार अभियान, गोष्ठी तथा राष्ट्रिय सम्मेलन, तालिम आदि कार्यक्रमहरु गर्दै आएको थियो ।
युवा वैज्ञानिक नेपालको संजालमा देशका सात प्रदेश र त्यस अन्तरगत ६५ जिल्लाको प्रतिनिधित्व रहेको छ । पुरस्कारको राशीलाई रिसोर्सेस हिमालय फाउन्डेसनले युवा संजाललाई थप सशक्त बनाउदै वैज्ञानिक अनुसन्धान र विज्ञान प्रवर्द्धनमा उपयोग गरिने कुरा उक्त संस्थाका कार्यक्रम निर्देशक डा. दिनेश न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?