logo
२०८१ बैशाख ६ बिहीवार



बाँकेमा खुला दूध विक्री वितरणमा प्रतिबन्ध

खुला |


बाँकेमा खुला दूध विक्री वितरणमा प्रतिबन्ध
ग्रामीण क्षेत्रबाट दूध ल्याएर विक्री गर्नेहरु । तस्विर - सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, माघ १४ गते । बाँकेमा खुला दूध विक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । दूधलाई प्याकेजिंग गरेर मात्र विक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले निर्देशन जारी गरेपछि खुला दूध विक्री गर्न रोक लगाइएको छ ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बांगले खुला दूध विक्री वितरण गर्न प्रतिबन्ध लगाइएको जनाउँदै सो विपरीत गर्नेलाई कडा कारवाही गरिने बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाँकेले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्न सो प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले जानकारी दिनुभयो ।
जिल्लामा खुला रुपमा विक्री वितरण गरिरहेका उद्योग तथा पसलहरुलाई प्याकेजिंग गरेर मात्र विक्रीवितरण गर्न समय दिइएको थियो तर उक्त समयसम्ममा पनि धेरैले अटेर गरेर खुला रुपमै कारोबार गरेपछि प्रतिवन्ध लगाउनुपरेको प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी कुरुम्बांगले प्याकेजिंग गरेर खरिद विक्री गर्दा दुग्ध उत्पादक सहकारी तथा विक्रेताहरुले किसानले उत्पादन गरेको दूध बाह्रै महिना खरिद गर्न सकिने र किसानलाई फाइदा हुनुका साथै विचौलियाबाट मक्त हुने हुँदा सबैले नियम पालना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
कसैले खुला रुपमा दूध विक्री गरेको पाइए कडा कारवाही गरिने जनाउँदै कुरुम्बांगले दूध खुला रुपमा विक्री भए नभएको निरीक्षण गर्न बजारमा अनुगमन टोली खटाइएको पनि बताउनुभयो ।
किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने खुला दूधको मूल्यबीच ४० प्रतिशतभन्दा बढी फरक देखिएकाले नै खुला दूध विक्रीमा रोक लगाइएको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?