logo
२०८० चैत्र १५ बिहीवार

नवदुर्गा गणको ‘ङालाकेगु’ जात्रा भक्तपुरमा शुरु

समाज |
फोटो फिचर |
फोटो ग्यालरी |


2021-01-17-30334
नवदुर्गा गणको ‘ङालाकेगु’ जात्रा शुरु



गोरखापत्र अनलाइन
भक्तपुर, माघ ४ गते । प्रत्येक वर्ष जस्तै यो पटक पनि भक्तपुरमा शुक्रबारदेखि नवदुर्गा गणको ‘ङालाकेगु’ जात्रा शुरु भएको छ । भक्तपुरको सूर्यमढीबाट नाच शुरु भएको हो । स्थानीय भाषामा ङा (न्या) माछा हो भने लाकेगु समात्ने हो । त्यसैले यो जात्रालाई माछा मार्ने नाच पनि भन्ने गरिन्छ ।
नाचको क्रममा मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास गर्दछन् । यो जात्रामा दर्शकले सिठ्ठी बजाउँदै मुखमा हत्केलाले थप्थपाउँदै आबाबाबा..... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् ।
लखेट्दा देवगणले समातेको खण्डमा भेटी दिनुपर्ने परम्परा छ । यस अर्थमा जिस्काउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाच पनि भन्ने गरिन्छ । यही जात्राको प्रमुख आकर्षण समेत हो ।
फोटो – सुजन गुरुङ