logo
२०८० चैत्र १४ बुधवार



यूएईमा परीक्षण गरिएको चिनियाँ खोपको प्रभावकारीता ८५ प्रतिशत

बिज्ञान |


यूएईमा परीक्षण गरिएको चिनियाँ खोपको प्रभावकारीता ८५ प्रतिशत


इश्वरचन्द्र झा
काठमाडौं, मंसिर २५ गते । चीनले सरकारी स्तरमा विकास गरेको कोभिड १९ विरुद्धको खोपको प्रभाबकारिता ८६ प्रतिशत रहेको दाबी गरिएको छ । यूनाइटेड अरब एमिरेट्सका स्वास्थ्य मन्त्रालयले बुधबार एक वक्तब्य जारी गरी उक्त दाबी गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तेस्रो चरणको क्लिनिकल ट्रायलको अन्तरिम विश्लेषणमा आधारित रहेर खोपको प्रभाबकारिता किटान गरिएको छ । यूएईमा गत् जुलाइ महिनादेखि चिनियाँ खोपको क्लिनिकल ट्रायल भइरहेको थियो ।
केही जानकारी मात्रै समेटिए पनि चिनियाँ खोप सिनोफार्मको प्रभाबकारिताबारे आएको यो पहिलो विश्लेषण हो । चीनको चाइना नेशनल बायोटेक ग्रुप(सीएनबीजी)ले उक्त खोप विकास गरेको छ । यूएईले उक्त खोप गत् सेप्टेम्बर महिनामा अग्रपंक्तिमा रहेर काम गर्नेहरुमा आपातकालीन प्रयोगका लागि अनुमति दिएको थियो ।
वक्तब्यमा भनिएको छ, “कुनै गम्भिर प्रकारको सुरक्षाको जोखिम देखिएको छैन् ।” यद्दपी वक्तब्यमा कतिजनाले उक्त खोप लगाएको र खोप लगाएकोमा कुनै अतिरिक्त असर भए नभएको खुलाइएको छैन् । वक्तब्यमा विश्व महामारी विरुद्धको लडाईमा सिनोफार्मको खोप महत्वपूर्ण पाइला भएको उल्लेख गरिएको छ ।
सीएनएनका अनुसार क्लिनिकल ट्रायलमा विश्वका १२५ देशका ३१ ह्जारभन्दा बढी स्वयंसेवक सहभागि थिए । यूएईका स्वास्थ्य अधिकारी जमाल अल काबीले स्वयंसेवक कार्यक्रम अन्तगर्त नै यूएई बाहिर एक लाख ब्यक्तिमा उक्त खोप लगाइएको बताउनुभयो ।
गत् नोभेम्बर महिनामा यूएईका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेष मोहम्मद बिन राशिल अल मौक्तुमले खोप लगाइरहेको तस्विर सार्वजनिक भएको थियो ।
चीनमा हाल पाँच वटा कोरोना विरुद्धको खोप विकासको चरणमा रहेका छन् । सबै तेस्रो चरणको ट्रायल गरिरहेका छन् । चीनले खोपको प्रभाबकारिता अध्ययन गर्न कम्तिमा १६ राष्ट्रमा तेस्रो चरणको क्लिनिकल ट्रायल सञ्चालन गरेको थियो । चीनले बदलामा खोपको परीक्षण सफल हुने खण्डमा खोप वितरण गर्दा उक्त राष्ट्रहरुलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।
सिनोफार्मसँगको साझेदारीमा यूएईको औषधि उत्पादक कम्पनीले आगामी वर्षभित्र करीब सात करोड पचास लाखदेखि दश करोड डोज उत्पादन गर्ने जनाएको थियो । मोर्डना र फाइजर झैं अधिकांश चिनियाँ खोपलाई भण्डारणका लागि उच्च रेफ्रिजेरेशनको आवश्यकता हुने छैन् । जसले गर्दा सर्वसुलभ रुपमा पहुँच बढाउने विश्वास गरिएको छ ।
फाइजरको खोप बेलायतमा लगाइँदैछ । मोर्डना अझै तेस्रो चरणको परीक्षण सकाइसकेको छैन् । फाइजर र मोर्डना दुबैको खोपमा अनुवाशिंक वस्तु(एमआरएनए) राखिएको छ । जसले शरीरभित्र कोरोनाभाइरसको सिन्थेटिक टुक्राहरु उत्पन्न गरी प्रतिरोधी क्षमता विकास गर्नेछ । यस्तो प्रबिधिको प्रयोग उपलब्ध खोपहरुमा अहिलेसम्म गरिएको छैन् । तर एमआरएनए सामान्य तापक्रममा सक्रिय नहुने जोखिम हुन्छ ।
मोर्डनाको खोपलाई कम्तिमा माइनस २० डिग्री सेल्सियस तापक्रम आवश्यक पर्छ । वा महिनादिन सम्म रेफ्रिजेरेटरको तापक्रम आवश्यक पर्छ । फाइजरको खोपलाई कम्तिमा ‘अल्ट्रा कोल्ड टेम्पेरेचर’ –माइनस ७५ डिग्री सेल्सियस) आवश्यक पर्छ । उच्च तापक्रममा रेफ्रिजेरेट गरेको पाँच दिनभित्र फाइजरको खोप लगाइसक्नुपर्ने हुन्छ ।
तर सिनोफार्मको उत्पादन भने लामो समयसम्म रहीरहने प्रकारले बनाइएको हुन्छ । पोलियो र फ्लु शट्समा समेत सिनोफार्मको खोप दीर्घकालसम्म भण्डारन गरिए पनि प्रभाबकारितामा खासै असर देखिएको छैन् । शरीरमा प्रतिरोधि क्षमता विकास गर्न सिनोफार्मको खोपमा असक्रिय भाइरस राखिएको हुन्छ । जसलाई दुईदेखि आठ डिग्री सेल्सियसको तापक्रममा समेत भण्डारण गर्न सकिने बनाइएको छ ।

सीएनएनकाे समाचारमा आधारित 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?