logo
२०८० चैत्र १६ शुक्रवार



ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन

अन्तर्राष्ट्रिय |


ब्रुनेईका राजकुमार अजिमको असामयिक निधन
तस्विर-माम्बाअनलाइन


बन्दर सेरी बेगावान, ब्रुनेई, कात्तिक ८ गते।
ब्रुनईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार असामयिक निधन भएको छ । उहाँ ३८ वर्षको हुनुहुन्थ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मनुभएका अजिम ब्रुनेईका सुल्तान हाजी ह हसनल बोल्किआका दोस्रो सुपुत्र हुनुहुन्थ्यो ।
सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ । शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक भएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?