logo
२०८१ बैशाख ७ शुक्रवार



कोरोना भाइरस मानव शरीर बाहिर फोन स्क्रिन आदिमा २८ दिनसम्म बाँच्न सक्ने

बिज्ञान |


कोरोना भाइरस मानव शरीर बाहिर फोन स्क्रिन आदिमा २८ दिनसम्म बाँच्न सक्ने


गोरखापत्र अनलाइन
काठमाडौ, असोज २६ गते । हालै अष्ट्रेलियमा एक अध्ययनमा वैज्ञानिकहरूले कोरोना भाइरस मानिसको शरीर बाहिर नोट, फोनको स्क्रिन र स्टिलको सतहमा २८ दिनसम्म बाँच्न सक्ने तथ्य फेला पारेका छन् ।
अष्टे्लियाकाे नेशनल साइन्स एजेन्सीले गरेको एक अध्ययन प्रतिवेदनमा सार्क कोभ २ हामीले सोचेभन्दा बढी समय बाँच्ने तथ्य बाहिर ल्याएकाे बीबीसीले जनाएकाे छ ।  
सो अध्ययन अँध्यारोमा गरिएको हो र सूर्यबाट आउने परावैजनिक किरण (अल्ट्र भ्वालेट) ले भने कोराना भाइरसलाई मार्न सक्कने तथ्य यस अघि नै बाहिर ल्याइएकाे थियो ।
केही वैज्ञानिकले भने यस्तो सतहमा रहेका भाइरसबाट मानिसको वास्तविक जीवनमा पर्न सक्ने जोखिमप्रति भने शंका व्यक्त गरेका छन् ।
कोरोना भाइरस धेरैजसो मानिसले खोक्दा, हाच्छिउँ गर्दा र कुरा गर्दा सर्ने गर्छ ।
विगतमा प्रयोगशालाहरुमा गरिएको अध्ययनले बैंक नोटमा दुईतीन दिनसम्म, स्टिल र प्लास्टिकमा छ दिनसम्म कोरोना भाइरस जीवित रहन सक्ने पाइएको थियो तर त्यो परीक्षणमा एकरुपाता भने थिएन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?