logo
२०८० चैत्र १५ बिहीवार



ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो

अन्तर्राष्ट्रिय |


ग्रीस प्रहरीले शरणार्थीहरूलाई नयाँ शिविरमा सार्न शुरू गर्यो


कारा टेप, ग्रीस, असोज १ गते। ग्रीसको लेस्बोस द्वीपको मोरिया शिविरमा राखिएका हजारौं आप्रवासी र शरणार्थीहरूलाई सोही द्वीपको अर्को स्थानमा स्थानान्तरण गर्न थालिएको छ । आगलागीका कारण शिविर सखाप भएपछि अहिले हजारौं शरणार्थी अलपत्र परेका छन् ।
प्रहरीले बिहीबार बिहानैदेखि सोही द्वीपको कारा टेप भन्ने स्थानमा जान शरणार्थीहरुलाई अनुरोध गरेको थियो । शरणार्थीलाई मनाउन ७० जना महिला प्रहरी समेत परिचालन गरिएको थियो । यो कार्यक्रम शुरु हुँदा कुनै हिंसात्मक झडप भने भएन ।
अफ्रिका र एसियाली मुलुकहरु, खासगरी इराक र सिरियाबाट युरोप प्रवेश गर्न चाहनेहरुलाई यहाँ शिविरमा राखिएको छ, र उनीहरु सबै युरोपेली मुलुक प्रवेश गर्ने चाहनामा छन् ।
मोरिया शिविरमा गत साता आगो लागेको थियो । तर प्रहरी अनुसन्धानमा मोरिया शिविरमा रहेका सानो समूहले जानाजान शिविरमा आगो लगाएको देखिएको छ । कोरोनाभाइरसका कारण शिविरमा लकडाउन गरिएपछि क्रुद्ध भएका शरणार्थीले शिविरमा आगो लगाएको अनुमान गरिएको छ ।
आगलागिका कारण १,२०० भन्दा बढी मानिसलाई आपतकालीन आश्रयको व्यवस्था गर्नु परेको थियो । मोरियाबाट द्वीपको राजधानी माइटालिन पुग्ने सडकको छेउमा ठूलो संख्यामा मानिसहरू सुतिरहेका छन् ।
समुद्र नजिकै नयाँ शिविरमा ठुल्ठूला पालहरु राखिएका छन् । बुधबार रातिसम्ममा, करिब आठ हजार व्यक्तिलाई पुग्ने गरी शिविर बनाइएको राष्ट्रसंघीय शरणार्थी उच्चायोगले जनाएको छ । तर यी शिविरमा निकै कमजोर एघार सय व्यक्तिले मात्र आश्रय लिएका छन् ।
शिविरमा आउने व्यक्तिको कोरोना परीक्षण गर्ने, दर्ता गर्ने र संक्रमित भए छुट्टै शिविरमा राख्ने गरिएको छ ।
प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ, “यो जनस्वास्थ्यको संरक्षण गर्न र स्पष्ट मानवीय सामग्री सहितको कार्यबाही हो ।” मोरियामा गत हप्ताको आगलागीका लागि शंकास्पद दुई नाबालक सहित छ जना अफगानीलाई पक्राउ गरिएको छ ।
मोरियामा २,७०० भन्दा बढी व्यक्तिलाई राख्ने क्षमता छ । तर यो शिविर ध्वस्त हुनुअघि यहाँ १२ हजार ५०० भन्दा बढी व्यक्तिलई राख्न सकिन्थ्यो । आलोचकहरुले लेस्बोसको शिविर व्यवस्थापनले युरोपको आप्रवासन नीतिलाई जिस्क्याएको आरोप लगाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?

लेखक बाट थप