logo
२०८० चैत्र १५ बिहीवार



भारतमा एकैदिनमा ९३३ सङ्क्रमितको मृत्यु, ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

अन्तर्राष्ट्रिय |


भारतमा एकैदिनमा ९३३ सङ्क्रमितको मृत्यु, ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित
तस्विर–फाइल


नयाँदिल्ली, साउन २४ गते । भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूका अनुसार शनिबार बिहानसम्म पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।
त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । योसँगै शनिबारसम्ममा भारतमा कुल सङ्क्रमितको सङ्ख्या २० लाख ८८ हजार ६१२ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको कुल सङ्ख्या ४२ हजार ५१८ पुगेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयले भारतमा अहिले पनि छ लाख १९ हजार ८८ जना सङ्क्रमित अवस्थामै रहेको स्पष्ट पारेको छ । त्यसैगरी १४ लाख २७ हजार छ जनालाई भने निको भइसकेको छ ।
कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित रहेको महाराष्ट्र प्रदेशमा अहिलेसम्म एक लाख ४५ हजार ८८९ जना अहिले पनि सङ्क्रमित रहेका छन् । त्यहाँ कुल सङ्क्रमितमध्ये तीन लाख २७ हजार २८१ जना सङ्क्रमणमुक्त भइसकेका छन् । महाराष्ट्रमा मात्रै कोरोनाका कारण अहिलेसम्म १७ हजार ९२ जनाको मृत्यु भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?