logo
२०८० चैत्र १६ शुक्रवार



अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको नयाँ मूल्य कायम

अर्थ |


अघिल्लो दिनको रेकर्ड तोड्दै सुनको नयाँ मूल्य कायम
तस्बिर: सुजन गुरूङ्ग/गोरखापत्र


गोरखापत्र अनलाइन

काठमाडौँ, साउन २२ गते । सुनले अघिल्लो दिनको रेकर्ड तोड्दै नयाँ मूल्यको कीर्तिमान कायम गरेको छ । एकपछि अर्काे दिन क्रमशः सुनको मूूल्यमा वृद्धि भइरहेको हो । निरन्तर सुनको मूल्यमा उकालो लाग्ने क्रममा आफ्नो विगतका रेकर्डहरूलाई समेत तोड्न थालेको छ । बुधबार मात्रै सुनले मूल्यमा नयाँ रेकर्ड राखेकोमा पुनः आफ्नो अघिल्लो दिनको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुन तोलामा एक हजार एक सय रुपियाँ बढेर प्रतितोला एक लाख दुई हजार पाँच सय रुपियाँ निर्धारण भएको छ । महासङ्घका उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेको र भदौको अन्त्यसम्ममा एक लाख ३० हजारसम्म पुग्ने अनुमान गरेको बताउनुभयो । कोरोना नियन्त्रण हुन नसेकेको अवस्थामा सुनको मूल्यमा निरन्तर उकाले लाग्ने शाक्यले भन्नुभयो ।

बुधबार तोलामा एक हजार छ सय रुपियाँ बढेको सुनको भाउ बिहीबार एक हजार एक सय रुपियाँले बढेको हो । बुधबार सुन तोलामा एक लाख एक हजार चार सय रुपियाँ निर्धारण भएको थियो । यस्तै, चाँदी आज तोलामा ५० रुपियाँ बढेर तोलाको एक हजार ३४५ रुपियाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ आज प्रति औंस २८ डलरले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?