logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिका उत्तर कोरिया वार्ता नहुने

अन्तर्राष्ट्रिय |


अमेरिका उत्तर कोरिया वार्ता नहुने
तस्विर–द एशियन एज


प्योङयाङ्
असार २६ गते। उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताउनुभएको छ । उहाँले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने बताउनुभएको हो । उहाँको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको छ ।
दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्को वार्ताको कुनै काम नरहेको बताउनुभएको हो ।
उहाँले अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो र यस्तो प्रयोगबिहीन वार्ता गर्न पनि नहुने उहाँले बताउनुभएको समाचारमा जनाइएको छ । उहाँले यी दुइ देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि नसक्ने भएकोले यस्तो वार्ता अनावश्यक हो भन्नुभएको सो समाचारमा उल्लेख गरिएको छ ।
अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको उहाँको भनाई छ । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताउनुभएको थियो ।
उहाँको सो भनाइको केही दिनमात्र पछि किम यो जोङले शुक्रबार यो धारणा राख्नुभएको छ । उहाँको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो ।
केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताउनुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?