logo
२०८१ बैशाख ८ शनिवार



गाँजा ओसारपसारमा संलग्न दुई जना पक्राउ

खुला |


गाँजा ओसारपसारमा संलग्न दुई जना पक्राउ


हेटौँडा, असार २१ गते ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले १२८ केजी लागू औषध गाँजा बरामद गरेको छ । साथै प्रहरीले गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा गाँजा बरामद गरेको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्रवहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार बिहान ५ बजे हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ६७७४ नम्बरको तेल बोक्ने ट्याङ्करमा लुकाईछिपाई लागू औषध गाँजा ओसार पसार गरिँदै छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आवश्यक जाँच प्रक्रिया अघि बढाएको थियो । प्रहरीले सो ट्याङ्करका चालक बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–३० बस्ने २७ वर्षीय एनामुलहक देवान र सह–चालक सोही स्थान बस्ने २४ वर्षीय मोहरवान अन्सारीलाई पक्राउ गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?