logo
२०८० चैत्र १५ बिहीवार



नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा

मुख्य समाचार |


नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा
तस्बिरः सुजन गुरूङ/गोरखापत्र


भउचप्रसाद यादव

काठमाडौँ, असार १२ गते । ऐतिहासिक, पुरातात्त्विक महत्त्वको विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको उक्त दरबारको निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको पुरातìव विभागले जनाएको छ ।
पुरातìव विभागका प्रमुख पुरातìव अधिकृत तथा प्रवक्ता रामबहादुर कुँवरले वसन्तपुरको नौतले दरबारको पुनर्निर्माण कार्य ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘‘दरबारको नौ तलामध्ये आठ तलाको काम सम्पन्न भइसकेको छ, अन्तिम तलाको छानाको काम मात्रा बाँकी छ, उक्त काम पनि अब अन्तिम चरणमा छ ।’’
चालू आर्थिक वर्षभित्रमा नै पुनर्निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोरोना महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य पूरा हुन नसकेको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार कोरोनाका कारण चिनियाँ प्राविधिक स्वदेश फर्किसकेका छन् । केही चिनियाँ कामदारले काम गरिरहेका छन् । कोरोना महामारी सामान्य भएसँग सम्पूर्ण चिनियाँ जनशक्ति नेपाल आउने र बाँकी काम सम्पन्न हुने उहाँले स्पष्ट पार्र्नुभयो ।
दरबारको पुनर्निर्माण पूर्ण रूपमा पुरानो शैलीमा भइरहेको छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउनुका साथै फलामे डण्डीको खट बाँधी दरबारको पुनर्निर्माण गरिँदैछ । माटोको जोडाइमा निर्माण गरिएको नौतले दरबार अहिले चुना र सुर्कीबाट बनेको बज्रबाट पुनर्निर्माण गरिँदैछ । पुनर्निर्माणको क्रममा भूकम्पबाट क्षतिग्रस्त भत्काउने र निर्माण गर्ने कार्य एकसाथ सुरु गरिएको छ ।
हनुमान ढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक अरुणा नकर्मीले नौतले दरबार निर्माणको मुख्य काम सम्पन्न भइसकेको बताउँदै अहिले ‘फिनिसिङ’ को काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मसिना केही काम बाँकी छन् । दरबारको नौतलामा राखिएको गजुरमा सुन वा अन्य कुन धातुको जलप लगाउने भन्ने विषयमा छलफल भइरहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?