logo
२०८० चैत्र १५ बिहीवार



अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा

अन्तर्राष्ट्रिय |


अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक रिहा


तेहरान, जेठ २० गते। इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले संयुक्तराज्य अमेरिकामा पक्राउ परेका इरानी वैज्ञानिक मुक्त भएर स्वदेश फर्कन लागेको बताउनुभएको छ । मन्त्री जरिफले इरानी वैज्ञानिक डा. सिरोज असगरी सवार विमान अमेरिकाबाट इरानका लागि प्रस्थान गरिसकेको पनि बताउनुभयो ।
डा. असगरीलाई अमेरिकी व्यापारिक गोपनीयता चोरी गरेको अभियोगमा सन् २०१६ मा पक्राउ गरिएको थियो । उहाँ त्यसबखत अमेरिकाको ओहायोमा प्राज्ञिक कामको सिलसिलामा भ्रमणमा जानु भएको थियो ।
तेहरानको शरिफ प्रविधि विश्वविद्यालयका ५९ वर्षीय वैज्ञानिक डा. असगरलाई गत नोभेम्बरमा अमेरिकी एक अदालतले छाड्ने आदेश दिएको थियो । गत मार्चमा बेलायती अखबार दी गार्डियनले डा सिरोजले आफूलाई अत्यावश्यकीय सरसफाईका सामानसमेत नदिई लुजिआनास्थित अध्यागमनको थुनामा राखिएको भन्दै अन्तर्वार्ता दिनुभएको थियो ।
सोमबार इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मौसभीले डा. असगरीमाथिको मुद्दा टुङ्गिएको जानकारी दिनुभएको थियो । इरान र संयुक्तराज्य अमेरिका दुवैले एकअर्का मुलुकका केही नागरिकलाई बन्दी बनाएर राखेका छन् । इरानमा हालसम्म पनि कम्तीमा पाँच जना अमेरिकी नागरिक थुनामा छन् भने अमेरिकामा कम्तीमा १९ जना इरानी बन्दी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?