logo
२०८० चैत्र १६ शुक्रवार



सुर्खेत, सल्यान र अछाममा थपिए २९ जना काेराेना सङ्क्रमित

पढ्नै पर्ने |
प्रदेश |


सुर्खेत, सल्यान र अछाममा थपिए २९ जना काेराेना सङ्क्रमित


ललित बसेल
सुर्खेत, जेठ २० गते । मङ्गलबार सुर्खेत र सल्यानमा २९ नयाँ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा मङ्गलबार बिहानसम्म २९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

सामाजिक विकास मन्त्रालयले मङ्गलबार बिहान १२ बजे प्रकाशित गरेको सूचना अनुसार नयाँ २९ जना थप भएसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या २६२ जना पुगेको छ । सोमबार बेलुकासम्म कर्णालीमा २३३ जना थियो ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मङ्गलबार थप भएका २९ जनामध्ये सुर्खेतमा ११ जना र सल्यानमा नौ जना र अछामका नौ जना रहेको जानकारी दिनुभयो । योसँगै सुर्खेतमा कुल सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । मङ्गलबार नयाँ थप भएका ११ जनामा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का आठ जना र वडा नं. ३ का तीन जना रहेका छन् ।

सल्यानमा नयाँ थप भएसँगै कुल सङ्क्रमित सङ्ख्या ५३ पुगेको छ । कर्णालीमा सबैभन्दा धेरै दैलेखमा ९८ जना पुगेको छ । जुम्लामा दुई प्रहरीसहित १९ जना, कालीकोटमा १८ जना, मुगुमा एक जनामा काेराेना पुष्टि भएकोमा छ ।

कर्णालीमा गरिएको परीक्षणमा बाजुरा र बझाङका एक/एक जना पुष्टि भएको छ । सुर्खेतमा गरिएको परीक्षणमा यसअघि अछामका एक जना रहेकोमा मङ्गलबार गरिएको परीक्षणमा नौ जना थपिएपछि १० जना पुगेको छ । कर्णालीमा बाहिरबाट आउनेको लर्काे अझै रोकिएको छैन । दैनिक आधा दर्जन बसमा बाहिरबाट कर्णाली भित्रिने क्रम जारी नै रहेको छ । जसका कारण कोरोना सङ्क्रमितको सङ्ख्या पनि दैनिकजसो बढिरहेको छ । अहिलेसम्म कर्णालीमा दैलेख दुल्लुका एक युवकको कोरोनाबाट मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?