logo
२०८१ बैशाख ४ मंगलवार



अध्यारोमा बिरालोको आँखा किन चम्किन्छ ?

बिज्ञान |


अध्यारोमा बिरालोको आँखा किन चम्किन्छ ?


एजेन्सी
काठमाडौं, मङ्सिर १० गते । के तपाईले राति बिरालोलाई हेर्नुभएको छ ? अध्यारोमा बिरालोको शरीर त देखिन्न । तर उसको आँखा चम्किएको भने प्रष्ट देखिन्छ । बिरालो झैं केही अन्य जनावर चितुवा, बाघको आँखा समेत अध्यारोमा चम्किन्छ । कारण के हो त ?
आँखा चम्किने जनावरको आँखाको माथिल्लो सतहमा स्फटिक तह ‘क्रिष्टल लेयर’ हुन्छ । उक्त तहले आँखामा पर्ने प्रकाशको किरणलाई परावर्तित गर्छन् । ऐनामा सूर्यको प्रकाश पर्दा परावर्तन भए झैं बिरालोको आँखामा प्रकाश पर्दा त्यसरी नै परावर्तन हुन्छ ।
बिरालोको आँखामाथि गरिएको एउटा प्रयोगबाट के जानकारी आयो भने उसको आँखाको पर्दा पछाडि एक प्रकारको चम्किलो पदार्थको तह हुन्छ, जसलाई ‘ल्युमिनस टेपटम’ भनिन्छ । ‘ल्युमिनस टेपटम’ले प्रकाश परावर्तित गर्छ । उक्त तहले थोरै प्रकाशमा पनि बिरालोलाई सहजै हेर्न सहयोग पुर्याउँछ ।
अर्को एक अनुसन्धानले आँखा चम्किने रङ्गबारे समेत पुष्ट्याएको छ । आँखामा रगतको नसा बढी हुने जनावरको आँखा रातो चम्किने र आँखामा रगतको नसा थोरै हुने जनावरको आँखा पहेंलो वा सेता चम्किने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?