logo
२०८१ बैशाख १२ बुधवार



युवकको उपयोगी खोज :प्लाष्टिकजन्य बोतलबाट डुङ्गा

बिज्ञान |


युवकको उपयोगी खोज :प्लाष्टिकजन्य बोतलबाट डुङ्गा


एजेन्सी
काठमाडौं, मङ्सिर ७गते । क्यामरुनका एकजना युवाले नयाँ अन्वेषण गरी प्रदूषण नियन्त्रणमा जुटनुभएको छ । आफ्नो शहरका प्लाष्टिकजन्य बोतललाई जमा गरी उहाँले त्यसलाई डुङ्गाको रुप दिनुभएको छ ।
२१ वर्षिय इस्माइल एस्सोम इबोनले पहिलोपटक अध्ययनरत रहँदा सन् २०११ मा पहिला ेपटक वातावरणमैत्री डुङ्गा बनाउनुभयो । तीब्र आँधी र वर्षाको समयमा उहाँले आफ्नो छिमेकीको घरमा आश्रय लिन पुग्नुभयो । जहाँबाट उहाँले बाढीको पानीसँग प्लाष्टिकजन्य बोतल तैरेको देख्नुभयो । र उक्त घडी नै उहाँको नयाँ अन्वेषणको क्षण हुन गयो ।
उहाँले भोलीपल्ट देखि शहरमा फालिएका प्लाष्टिकजन्य बोतल जमा गर्न थाल्नुभयो । उक्त बोतललाई जोडेर डुङ्गाको रुप दिनुभयो । र अर्को त्यस्तै बाढी र आँधीको लागि पर्खिनुभयो । बाढी आउने बित्तिकै उहाँले परीक्षण गर्नुभयो । जसमा सफलता पाएर डुङ्गारुपी प्लाष्टिकजन्य पदार्थले जहाजको रुप लियो ।
समुद्री तटका माझीका लागि इबोनको अन्वेषण आश्चर्यचकित तुल्यायो र इबोनको डुङ्गा उनीहरुको लागि सपना सरह नै काम गर्यो ।
त्यसपछि उहाँले आफूसँग भएको जम्मै पैसा गैर नाफामूलक ‘मडिबा र प्रकृति’ दानमूलक संस्था गठन गरेर शहर वरिपरिको प्लाष्टिकजन्य बोतल जमा गरेर आवश्यक पर्ने माझीलाई निःशुल्क उपलब्ध गराउन सुरु गर्नुभयो । उक्त प्लाष्टिकजन्य डुङ्गा प्रकृति मैत्री पर्यटनको लागि पनि उहाँले प्रयोग गर्न सुरु गर्नुभएको छ ।
क्यामरुनमा राष्ट्रब्यापी रुपमा काम गर्दै आएको एक संस्थाले हालसालै लेख्यो, “उहाँको प्रकृति मैत्री अन्वेषणको लागि धन्यवाद दिनैपर्छ, जसले फोहोरलाई एकत्रित गर्दै पुनचक्र गरेर डुङ्गाको रुप दिनुभएको छ ।”
‘गुड न्युज नेटवर्क’ले आफ्नो अनलाइन संस्करणमा लेखेको छ–प्रयोग भइसकेको प्लाष्टिकजन्य बोतललाई उहाँले फोहोर सङ्कलन गर्ने भाँडोको रुप समेत दिनुभएको छ । जुन ठाउँ ठाउँमा प्रयोग गरिएको छ ।
“फोहोरजन्य प्लाष्टिक बोतलबाट पर्यावरण मैत्री डुङ्गा, क्रान्तिको पाइला अगाडि बढेको छ ।”‘ लेख्दै इको बिन’ नाम दिइएको उक्त चक्रबारे गैर नाफामूलक इबोनको फेसबुक पेजमा लेखिएको छ यस चक्रले प्लाष्टिकजन्य बोतल जमा गर्न सहज बनाएको छ, नदी र क्रिबी तथा डाउलास्थित महासागरलाई प्रदूषणमुक्त पारेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?