logo
२०८० चैत्र १५ बिहीवार



दिमागी स्वास्थ्यको लागि चिया उपयोगी

बिज्ञान |


दिमागी स्वास्थ्यको लागि चिया उपयोगी



गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक १९ गते । चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि फाइदा हुने एक अनुसन्धान प्रतिवेदनले जनाएको छ ।

सिंगापुरस्थित नेसनल विश्वविद्यालयले गरेको अनुसन्धानमा चियाले दिमागलाई स्वस्थ राख्ने निष्कर्ष निकालेको हो ।

वैज्ञानिकहरुले न्यूरोइमेजिङ विधि प्रयोग गर्र्दै चियाको प्रभावकारी उपयोगिता पत्ता लगाउनुभएको थियो ।

चियाको मात्राको आधारमा केही दिमागी गुणहरुमा फरक आएको उहाँहरुले उल्लेख गर्नुभएको छ ।

अनुुसन्धानकर्ताहरुले यसबारे पत्ता लगाउन सूचकको रुपमा दुईवटा समूहमा स्वय्मसेवकहरु परिचालित गरिएको थियो ।

अत्याधिक मात्रामा चिया पिउने समूह र कम चिया पिउने अर्काे समूह ।

चियाले रगत सञ्चालनसम्बन्धि प्रणालीलाई मद्दत पु¥याउनुको साथै तातो चियाले ग्लाउकोमा रोगलाई फाइदा पुग्न सक्ने कुरा पनि पत्ता लगाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?