logo
२०८१ बैशाख १३ बिहीवार



क्यान्सर उपचारमा नायाँ औषधिको प्रयोग प्रभावकारी

बिज्ञान |


क्यान्सर उपचारमा नायाँ औषधिको प्रयोग प्रभावकारी


बीबीसी
लण्डन, असोज ८ गते । क्यान्सर उपचारमा क्रान्तिकारी आविश्कारको रुपमा लिइएको नयाँ औषधिलाई युरोपमा प्रयोग गर्न अनुमति दिइएको छ ।
उक्त क्यान्सर विरुद्ध प्रयोग हुने औषधिले शरीरको जुनसुकै भागमा क्यान्सर कोषिका विकसित भएको भए पनि वा जुनसुकै अनुबांशिक समस्या भएको होस् त्यासका लागि काम गर्न सक्छ ।
सो औषधिको परीक्षणमा संलग्न बेलायती चिकित्सकहरूले सो काम निकै उत्साहजनक भएको बताएका छन ्। यसले धेरै खाले उपचार पद्धतिबाट धेरै विरामीलाई उपचार गर्न सकिने र त्यसले औषधिको साइड इफेक्ट कम गर्ने बताइएको छ ।
लारोट्रिस्टिनिब नामक सो औषधि एक दुई वर्षीया बालिका जो शरीरको कनेक्टिभ टिस्यूमा उत्पन्न क्यान्सबाट पीडित थिइन उनमा सफल प्रयोग भएको थियो । उनलाई सो औषधि परीक्षणका रुपमा प्रयोग भएको थियो र सो परीक्षण सफल भएको छ ।
ती बालिकाकी आमाले आफूहरूसँग उनको उपचारका लागि थोरै मात्र विकल्प बाँकी रहेकाले उक्त औषधि परीक्षणका रुपमा प्रयोग गर्न अनुमति दिइएको र त्यसले काम गरेको बताउनुभयो ।
ती बालिकाका आनुवांशिक रुपमा उत्पन्न भएको क्यान्सर अहिले निको भएको र अब उनी तुलनात्मक रुपमा समान्य जीवन जिउन सक्ने अबस्थामा रहेको चिकित्सकहरूले बताएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?