logo
२०८१ बैशाख ७ शुक्रवार



  फ्रान्सले लिब्रामाथि प्रतिबन्ध लगाउने 

बिज्ञान |


  फ्रान्सले लिब्रामाथि प्रतिबन्ध लगाउने 


पेरिस, भदौ २६ गते । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा) लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।    
    
यस मुद्राका कारण युरोपेली सरकारहरुको “मुद्रा सम्प्रभूता” संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।    
    
“म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,” फ्रान्सका अर्थमन्त्री ला मायरले भन्नुभयो ।    
    
उहाँ ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा बोल्दै हुनुहुन्थ्यो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?