logo
२०८१ बैशाख १३ बिहीवार



विक्रमसँगको सम्पर्क टुट्यो भारतीय चन्द्र अभियान असफल भएको आशंका

बिज्ञान |


विक्रमसँगको सम्पर्क टुट्यो भारतीय चन्द्र अभियान असफल भएको आशंका


गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २१ गते । भारतले चन्द्रमामा पठाएको विक्रम नामक चन्द्रयाना २ चन्द्रमा सतहमा पुग्न केही किलोमिटर बाँकी रहँदा सञ्चार सम्पर्क टुटेको छ । यो सँगै भारतको चन्द्रमासम्बन्धी खोजको दोस्रो शृङ्खला असफलतातर्फ उन्मुख भएको अनुमान गरिएको छ ।
चन्द्र सतहभन्दा २.१ किलोमिटर नजिक पुगन्जेलमा समान्य रहेको भए पनि त्यस पछि भने उक्त यानको पृथ्वीमा रहेको नियन्त्रण कक्षसँग सम्पर्क विच्छेद भएको सिएनएनले जनाएको छ ।
भारतीय अन्तरीक्ष अनुसन्धान केन्द्रका अध्यक्ष के सिभानले सञ्चार सम्र्पक टुटेको पुष्टि गर्दै यस बारे सूचनाहरूको विश्लेषण भईरहेको जानकारी गराउनुभयो ।
सो यान गए राती भारतीय समय १ः५५ बजे चन्द्र सतहमा पाइला टेक्ने तयारीमा थियो । भारतको बेङ्लोरस्थित नियन्त्रण कक्षमा वैज्ञानिकहरु विक्रमको सहज अवतरणको प्रतीक्षामा थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई सान्तवना दिदै आगामी दिनमा अन्तरीक्ष कार्यक्रम जारी राख्ने बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?