logo
२०८० चैत्र १६ शुक्रवार



ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक

बिज्ञान |


ट्विटर प्रमुख ज्याक डोर्सीकै खाता ह्याक


काठमाडौँ, भदौ १४ गते । ट्विटरका प्रमुख कार्यकारी ज्याक डोर्सीको ट्विटर खाता केही समय ह्याक भएको छ ।

’चक्लिङ स्कोड’ नाम भनेर चिनिन चाहने एउटा समूहले ४२ लाखभन्दा बढी फलोअर भएका सहसंस्थापक पनि रहेका डोर्सीको ट्विटर ह्याक गरेको हो ।

आफ्नो नियन्त्रणमा लिएपछि सो समूहले डोर्सीको ट्विटरबाट करिब १५ मिनेटमा धेरै आपत्तिजनक तथा रङ्गभेदी टिप्पणीहरू टिव्ट गरेका थिए ।

ट्विटरले आफ्नो प्रणालीमा कुनै कमजोरी नभएको दाबी गर्दै यो घटनामा एक मोबाइल फोन सञ्चालक कम्पनी दोषी रहेको दाबी गरेको छ ।

प्रयोगकर्तालाई पासवर्ड फेर्न ट्विटरले आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘मोबाइल सेवा प्रदायकको लापरबाहीका कारण सो खाताका लागि प्रयोग गरिएको फोन नम्बरमा समस्या उत्पन्न भएको थियो ।’

‘त्यसबाट अनधिकृत व्यक्तिले सो फोन नम्बर प्रयोग गरेर एसएमएस लेख्दै ट्वीट गर्न सक्ने अवस्था बन्यो। त्यसो समस्या अहिले समाधान भइसक्यो ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?