logo
२०८१ बैशाख ७ शुक्रवार



चलचित्र 'म यस्तो गीत गाउँछु-२' को प्रदर्शन मिति स्थगित

मनोरञ्जन |


चलचित्र 'म यस्तो गीत गाउँछु-२' को प्रदर्शन मिति स्थगित


काठमाडौं, माघ ५ गते । चलचित्र 'म यस्तो गीत गाउँछु-२' को प्रदर्शन मिति स्थगित गरिएको छ । माघ १९ गते प्रदर्शन मिति तोकेको चलचित्रको प्रदर्शन स्थगित गरिएको निर्माण टोलीले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै सरकारले चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो ।

'हामीले आम जनमासनको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउँदै अर्को सूचना नआउँदासम्म चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौँ', विज्ञप्तीमा भनिएको छ, 'कोभिडको तेस्रो लहर सहज भए पश्चात चलचित्रका वितरक तथा सम्पूर्ण संघ संस्थाहरुसँग समन्वय गरी नयाँ प्रदर्शन मिति तय गर्नेछौँ।'

सुदर्शन थापाको निर्देशनमा बनेको यो चलचित्रमा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?