logo
२०८० चैत्र १६ शुक्रवार



'बच्चन पाण्डे' काे रिलिज मिति सार्वजनिक

मनोरञ्जन |


'बच्चन पाण्डे' काे रिलिज मिति सार्वजनिक


काठमाडौं, माघ ५ गते । बलिउड अभिनेता अक्षय कुमारको आगामी फिल्म 'बच्चन पाण्डे' को नयाँ रिलिज मिति घोषणा भएको छ । अक्षय आफैंले सामाजिक सञ्जालमा फिल्मका दुई नयाँ पोस्टर सेयर गरेर फ्यानहरूलाई यो जानकारी दिनुभएको हो ।

पोस्टरको क्याप्शनमा अक्षयले लेख्नुभएको छ, 'एक्शन, कमेडी, रोमान्स, ड्रामा-यो होलीमा आउँदैछ । साजिद नाडियाडवालाको 'बच्चन पाण्डे' मार्च १८, २०२२ मा सिनेमाघरमा रिलिज हुँदैछ ।'

यसअघि निर्माण पक्षले चलचित्रलाई मार्च ४ मा रिलिज गर्ने निर्णय गरेको थियो ।

फरहाद सामजीले निर्देशन गरेको यस फिल्ममा अक्षयका अलावा ज्याकलिन फर्नान्डिज र कृति सेनन पनि मुख्य भूमिकामा देखिनुहुनेछन् । यो फिल्म साजिद नाडियाडवालाले निर्माण गर्नुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?