logo
२०७८ माघ ८ शनिवार



मेलम्चीलाई सम्झेर (कविता)

शनिवार |


मेलम्चीलाई सम्झेर (कविता)


विश्वविमोहन श्रेष्ठ

के ले होला दैव हरे, किन भयो यस्तो
घुम्दै फिर्दै दुःख सबै मेरै भागमा प¥यो ।

बाढी पनि यही छातीको बाटो भई गयो
पैरो पनि यही शिरको थाप्लोमाथि खस्यो
जन्मिएको थातथलो छोड्नु परे पछी
छियाछिया मुटु सबै मेरै भागमा प¥यो ।

के ले होला दैव हरे, किन भयो यस्तो
घुम्दै फिर्दै दुःख सबै मेरै भागमा प¥यो ।

बेला बेला कराइर’न्छ काग आज भोली
आफन्तले सम्झ्यो कि त यो दुःखीलाई फेरी
चौतारीको वर–पिपल रुन्छु सम्झी सम्झी
गाइनेको मुरलीमा रुन्छु दिल खोली । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?