logo
२०८० चैत्र १५ बिहीवार



पलेशालाई एसियन युथ पारा गेम्समा स्वर्ण

खेलकुद |


पलेशालाई एसियन युथ पारा गेम्समा स्वर्ण


काठमाडौँ, मङ्सिर १९ गते । नेपालकी पलेशा गोवर्धनले बहराइनको मानामा शहरमा जारी एसियन युथ पारा गेम्समा तेक्वान्दोतर्फ स्वर्ण पदक जित्नुभएको छ । ५७ केजी मुनि तौल समूह अन्तर्गत के–४४ स्पर्धाको फाइनलमा पलेशाले इरानकी इब्राहिमी रोजालाई ६–० अंकले हराउँदै स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिनुभयो ।

नेपालले एसियन युथ पारा गेम्समा जितेको यो ऐतिहासिक पदक हो । पलेशा टोकियो पारा ओलम्पिक खेलाडी समेत हुनुहुन्छ । यसैगरी तेक्वान्दोकै ५२ केजी मुनि के–४४ मा नेपालकी सिर्जना घिसिङले रजत र पुरुष ५८ केजी मुनि के–४४ मा विशाल गर्वुजाले कांस्य पदक जित्नुभएको छ । सिर्जना फाइनलमा इरानकी घनबारीकोमीसाइनी सहरसँग १८–० अंकले पराजित हुनुभएको थियो ।

विशाल सेमिफाइनलमा उज्वेकिस्तानका सोनाजरोभ कुड्राटिल्लोसँग ३२–६ अंकले पराजित हुँदै कांस्य पदकमा सिमित बन्नुभयो । नेपालबाट प्रकाश अधिकारीले ब्याडमिन्टनको एसएल–४४ स्पर्धामा प्रतिस्पर्धा गर्नुभएको थियो । नेपाली टोलीका प्रशिक्षकमा कविराज नेगी लामा र ब्यवस्थापकमा नन्दा बस्याल हुनुहुन्छ ।

एसियन पारालिम्पिक कमिटि र बहराइन सरकारले ‘टुगेदर राइजिङ स्ट्रोङ्गर’ भन्ने नाराका साथ आयोजना गरेको एसियन युथ पारा गेम्समा ४४ देशका एक हजार भन्दाबढी पारा खेलाडीको सहभागिता रहेको थियो । बिहिबारदेखि सुरु भएको गेम्सको समापन सोमबार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?