logo
२०८० चैत्र १५ बिहीवार



भरतको गोलमा आर्मीको पहिलो जित

फुटबल |
खेलकुद |


भरतको गोलमा आर्मीको पहिलो जित


काठमाडौं, मङ्सिर १९ गते । विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।

दशरथ रंगशालामा आइतबार साँझ भएको खेलमा साविक उपविजेता आर्मीले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लाई १–० गोलले हरायो । आर्मीको जितमा कप्तान भरत खवासले निर्णायक गोल गर्नुभयो ।

भरतले ८५ औँ मिनेटमा सन्तोष तामाङको पासमा गोल गर्दै आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाउनुभयो । जितसँगै आर्मीले पाँच अङ्क बनाएको छ । आर्मी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १–१ तथा दोस्रो खेलमा मच्छिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

ब्रिगेडको यो पहिलो हार हो । पहिलो खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबलाई ३–२ गोलले हराएको ब्रिगेड दोस्रो खेलमा एनआरटीसँग गोलरहित बराबरीमा रोकिएको थियो । पहिलो हारसँगै ब्रिगेडले चार अंक बनाएको छ । आर्मीका भरत ‘म्यान अफ दी म्याच’ हुनुभयो । ब्रिगेडका मनोज राई ‘इमर्जिङ प्लेयर’ चुनिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?