logo
२०८० चैत्र १५ बिहीवार



कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता

राष्ट्रिय |


कांग्रेसको पाहुना स्वागत तथा व्यवस्थापन समितिले पायो पूर्णता


काठमाडौँ, मङ्सिर १५ गते । नेपाली कांग्रेसको ‘१४ औँ महाधिवेशन स्वदेशी तथा विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति’ले बुधबार पूर्णता पाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २८ गते सम्पन्न बैठकले १४औँ महाधिवेशन सम्पन्न गर्न सहमहामन्त्री डा प्रकाशशरण महतको संयोजकत्वमा सो समिति गठन गरेको थियो ।

समितिमा पार्टीका केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, अम्बिका बस्नेत, मिन विश्वकर्मा, चिनकाजी श्रेष्ठ, डा डिला सङ्ग्रौला सदस्य रहनुभएको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो ।

यसैगरी समितिमा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे र आनन्द ९गोरख० विष्ट तथा सांसद दिव्यमणि राजभण्डारी, संविधान सभा सदस्य राजीवविक्रम शाह, डा प्रभु बुढाथोकी, डा पूर्वराजदूत दिनेश भट्टराई, सुशील नाहटा, दीपक महत, याङ्किला शेर्पा, आङ्छिरिङ शेर्पा र रामशरण थपलिया सदस्य रहनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?