logo
२०७८ मंसिर १८ शनिवार



मुक्तक

शनिवार |


मुक्तक


नवराज रिजाल

देखाउने र भन्ने काम फरक फरक भएका छन्
लेखाउने र गन्ने ठाम फरक फरक भएका छन्
जति बुझ्दै गयो उति हातमा लाग्यो शून्य मात्र
बुझाउने बुझ्ने लाम फरक फरक भएका छन् ।

आफूलाई भुल्छन् ढुक्कै परचक्री चिन्छन् तर
विश्वास बेचेरै पनि सुन्दर तस्बिर किन्छन् तर
बराजुकै पालोदेखि धानिरहेछन् त यो परम्परा
जाँगर जोश बग्दै जान्छ अभिमान लिन्छन् तर ।

इमान जमान दुला पसे बेइमानले डाली पाए
स्वार्थी दम्भी अघि बढे इमानदारले गाली पाए
अन्धकार र कुरूपता जताततै पाइन्छन् अचेल
व्यभिचारका ठेकेदारले सुन्दर शान्त ताली पाए ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?