logo
२०८१ बैशाख ८ शनिवार



फूलको व्यापार

शनिवार |


फूलको व्यापार


सीता शर्मा

पछिल्लो पटक व्यवसाय प्रवद्र्धनका लागि फूलको पनि प्रदर्शनी गर्न थालिएको छ । यो वर्ष पनि ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नाराका साथ १४औँ गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ जावलाखेलको खेल मैदानमा पुष्प मेला प्रदर्शनी भएको हो र उक्त मेला चार दिन वा आउँदो सोमबारसम्म चल्नेछ । पुष्प व्यवसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन र नजिकै आइरहेको तिहार तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प प्रदर्शनी गरिएको हो । पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यावसायिक प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पु¥याउनु प्रदर्शनीको उद्देश्य रहेको छ । हाल पुष्प उत्पादक कृषकको आफ्ना उत्पादनको बजार क्षेत्र सीमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढ्न जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने मेलाका संयोजक सीताराम पन्तले जानकारी दिनुभयो ।

कारोबार ५० लाख हुने अनुमान
नजिकिएको तिहार तथा छठ लक्षित गरेर गरिएको मेलामा विभिन्न प्रजातिका फूल तथा बिरुवा प्रदर्शनी र बिक्रीवितरण गरिने मेला संयोजक एवं फ्यानका उपाध्यक्ष पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा व्यावसायिक ४४ र सूचनामूलक चार गरी ४८ वटा प्रदर्शनी कक्ष रहेका छन् । मेलाको करिब ३५ हजारभन्दा बढी पुष्पप्रेमीले अवलोकन गर्ने र त्यसबाट ५० लाख रुपियाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । मेलाबाट पुष्प व्यवसाय प्रवद्र्धन गर्न र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुग्ने विश्वास पन्तले गर्नुभयो । फ्यानका अनुसार तिहारमा १० करोड बढीको फूलको कारोबार हुने अनुमान गरिएको छ ।

दुई करोड फूलमा क्षति
कात्तिकमा परेको बेमौसमी वर्षाले चार लाखवटा माला बराबरको सयपत्री फूलमा क्षति भएको छ । प्रतिमाला औसत ५० रुपियाँका दरले बिक्री हुँदा दुई करोड मूल्य बराबरको क्षति पुगेको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो । बेमौसमी वर्षाले सबभन्दा बढी लुम्बिनी प्रदेशमा ७० प्रतिशत सयपत्री फूलमा क्षति पुगेको छ । फ्यानका अनुसार लुम्बिनी प्रदेशबाट मात्रै तिहारका लागि २२ प्रतिशत माला बजारमा आउँथ्यो । त्यस्तै बागमती प्रदेशका चितवन, मकवानपुर र धादिङमा २० प्रतिशत क्षति भएको छ । नेपाल तिहारको फूलमा आत्मनिर्भर भए पनि वर्षाले पु¥याएको क्षतिका कारण मागको १०÷१५ प्रतिशत फूल आयात गर्नुपरेको जनाइएको छ ।

थोक मूल्य तोकियो
फ्यानका अनुसार यो पटक सयपत्री फूलको मालाको मूल्य गत वर्षकै अवस्थामा रहने छ । यो वर्षका लागि सयपत्री फूलको माला एक मिटरलाई ५५ देखि ६० रुपियाँ थोक मूल्य तोकिएको छ भने मखमली फूलको प्रतिमाला प्रतिमिटरको ३५ देखि ४० रुपियाँ थोक मूल्य तोकेको छ । भारतीय सयपत्री मालाको मूल्य भने अहिले तोकिएको छैन । आयात भएपछि मात्रै त्यसको मूल्य तोक्ने गरिएको छ । नेपालमा उत्पादित फूल भारतीय फूलभन्दा ठूलो थुँगा र लामो हुन्छ । यसले गर्दा किसान तथा व्यवसायीले उपभोक्तालाई बिक्री गर्दा फूलको थुँगाअनुसार मूल्य लिने गरेका छन् भने यसले गर्दा भारतीय फूल स्वदेशीभन्दा सस्तो पर्ने उहाँको भनाइ छ । फूलको मूल्य माग र आपूर्तिमा पनि निर्भर हुन्छ । अहिलेका लागि मूल्य तोकिए पनि फूलको माग कम भए मूल्य अझ धेरै घट्न पनि सक्छ । अनुमान गरिएभन्दा कम फूलको उत्पादन भएमा मूल्य योभन्दा केही बढ्न पनि सक्ने अध्यक्ष तामाङको भनाइ छ । फ्यानका अनुसार गत वर्ष तिहारमा १३ करोड ९५ लाख रुपियाँ बराबरको फूलको कारोबार भएको थियो ।

कारोबार घट्यो
विश्वव्यापी रूपमा फैलिएको कोरोनाका कारण फूल कारोबारमा कमी आएको छ । कोरोनाअघिको सामान्य अवस्थामा आ.व. २०७५/७६ मा दुई अर्ब ४२ करोडभन्दा बढीको वार्षिक कारोबार भएको थियो । २०७६/७७ मा कोभिडका कारण दुई अर्ब १५ करोड रुपियाँको कारोबारमा सीमित भयो । २०७७/७८ मा वर्षभरि निषेधाज्ञाले गर्दा झनै कमी आई एक अर्ब ६३ करोडको कारोबार भएको छ ।

मेलाको सुरुवात
तत्कालीन शाही वनस्पति उद्यान, गोदावरीले २०५३ सालदेखि गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला गर्दै आएको पाइन्छ । विसं २०७१ देखि २०७४ सम्म कृषि विकास मन्त्रालयको सहयोगमा फ्यानले आयोजना गर्दै आइरहेको थियो । देश सङ्घीय गणतन्त्रमा रूपान्तरण भइसकेपछि भने प्रदेश सरकार, कृषि तथा सहकारी मन्त्रालय, पुष्प विकास केन्द्रको सहयोगमा फ्यानले गोदावरी फूलको मेला आयोजना गर्न लागेको हो । नेपालमा विसं २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तार सँगसँगै काठमाडौँ उपत्यकाभित्र मात्र सीमित नरहेर पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, बुटवल, धनगढीलगायतका सहरमा फैलँदो स्थितिमा रहेको छ । नेपाली पुष्प व्यवसाय आ.व. २०७८÷७९ सम्म आइपुग्दा ७०० पुष्प व्यवसायमा आबद्ध रहेका छन् भने ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ । नेपालमा हाल व्यावसायिक रूपमा ४५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?