logo
२०८० चैत्र १५ बिहीवार



चितुवा भगाउन हात्तीसहितको टोली परिचालन

प्रदेश |


चितुवा भगाउन हात्तीसहितको टोली परिचालन


कञ्चनपुर, कात्तिक ९ गते । बेलडाँडी नगरपालिकामा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको छ । चितुवाले स्थानीय बासिन्दाका गोठमै छिरेर चौपाया मारेर खान थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले दुईवटा हात्तीसहित वनरक्षकको टोली परिचालन गरेको हो ।

चितुवाले लगातार बाख्रा, बाछाबाछी, गाई, गोरुलाई गोठबाटै मारी लगेर खान थालेको जनगुनासोका आधारमा चितुवा भगाउनका लागि हात्तीसहितको टोली परिचालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगरले बताउनुभयो । दुई साताको अवधिमै चितुवाले स्थानीय बासिन्दाका आधा दर्जन बढी चौपाया मारेर क्षति गरेको छ । साँझ नहुँदै बस्तीमा छिरेर चितुवाले घरपालुवा जनावर मार्न थालेपछि स्थानीय बासिन्दाले साँझपछि गाउँघरमा हिँडडुलसमेत बन्द गरेका छन् ।

ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यानसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी बेलाडाँडी गाउँपालिका–४ का २६ वर्षीय मानबहादुर शाहीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शाहीलाई घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

कञ्चनपुर जिल्ला अदालतको विसं २०७६ माघ १२ को फैसलाअनुसार शाहीलाई छ महिना कैद र रु २० हजार जरिवाना ठहर गरेको थियो । अदालतबाट कैद र जरिवाना ठहर भएपछि शाही फरार थिए । पक्राउ परेका शाहीलाई प्रहरीले अदालतमा पेश गरी कैदी पूर्जी जारी गरी कैद भुक्तानका लागि कारागार चलान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?