logo
२०८१ बैशाख ४ मंगलवार



रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |


रुसमा सङ्क्रमण बढ्यो, एकैदिन एक हजारभन्दा बढीको मृत्यु


मस्को, कात्तिक ७ गते । रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो सङ्ख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरुको सङ्ख्या बढ्दो रहेको छ । शनिबार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । योसमेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?