logo
२०८० चैत्र १५ बिहीवार



तीन दिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सम्पन्न

कला |


तीन दिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सम्पन्न


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १२ गते । कलाकार तथा प्रा.डा. सबिना श्रेष्ठको तीनदिने एकल चित्रकला प्रदर्शनी ‘भाइब्रेसन’ सोमबार सम्पन्न भएको छ ।
बाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले नेपाल आर्ट काउन्सिलमा आयोजित प्रदर्शनीको शनिबार शुभारम्भ गर्नुभएको थियो । प्रदर्शनीमा डा. सबिनाले तीन वर्षमा सिर्जना गर्नुभएका १०३ वटा कलाकृति राखिएका थिए । एक्रेलिक रंग माध्यममा अमूर्त र अर्धमूर्त शैलीमा तयार पारिएका चित्रकलाले प्रकृति, जीवन र जगतका विविध भाव भङ्गीहरुलाई उतार्नुभएको थियो ।
‘भाइब्रेसन’ अर्थात् कम्पन । आँखा रोग विशेषज्ञ एवं प्राध्यापक डा. सबिनामा रहेको ‘कलाप्रेम’ मा एउटा घटनाले हलचल ल्याइदियो । त्यो घटना थियो, विश्व दृष्टि दिवसको सन्दर्भमा काठमाडौँ मेडिकल कलेजमा तीन वर्षअघि आयोजित चित्रकला कार्यशाला । त्यो बेला वरिष्ठ कलाकारहरुले क्यानभासमाथि रंग खेलेको दृश्यले उहाँको कलाचेतमा हलचल ल्याइदियो । त्यसै दिनदेखि ‘म पनि प्रयास गर्छु’ भन्ने जोश बटुलेर क्यानभास पोत्न थाल्नुभयो ।
उहाँले भन्नुभयो, “विज्ञान विषय पढ्ने क्रममा रामानन्द जोशीसँग पेन्सिल स्केचिङ सिक्ने मौका पाएको थिएँ । त्यसैले पनि क्यानभास पोत्न हिम्मत गरेँ, भावना अभिव्यक्त गर्ने रमाइलो तरिका रहेछ, कला ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?