logo
२०८० चैत्र १६ शुक्रवार



टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

खुला |


टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


 

गोरखापत्र अनलाइन

काठमाडौं, असोज १२ गते । अरनिको राजमार्गस्थित सूर्यविनायक सल्लाघारीमा भारतीय टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-३ बालकोटका ४५ वर्षीय गणेश रजौरा रहेको प्रहरीले जनाएको छ । सोमबार राति साढे १० बजे नगरकोट मोडबाट काठमाडौं आउँदै गरेको प्रदेश ३-०२-००८ प २५०१ नम्बरको मोटरसाइकललाई आर जे ०२ जिबी १९१७ नम्बरको भारतीय टेलरले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका रजौराको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरले जनाएको छ । मोटरसाइकलको पछाडि सवार कौशलटारका २८ वर्षीय अमृत सिलवाल घाइते हुनुहुन्छ । उहाँलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीको भनाइ छ । टेलर चालक भारत राजस्थान प्रदेश अलबर जिल्ला बस्ने ५० वर्षीय महादेव शर्मालाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ । पानी परिरहेको र तीव्र गतिका कारण अनियन्त्रित भई टेलरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको अनुमान छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?