logo
२०८० चैत्र १६ शुक्रवार



शिशुको मृत्यु भएपछि अस्पतालमा तोडफोड

खुला |
प्रदेश |


शिशुको मृत्यु भएपछि अस्पतालमा तोडफोड


विष्णुप्रसाद पोखरेल
दमक, असोज ९ गते । झापाको दमकमा एडभान्स हस्पिटल तोडफोड भएको छ । अस्पताल तथा यहाँ कार्यरत चिकित्सकको लापरवाहीका कारण ११ महिनाका एक शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा आक्रोशित समूहले शनिबार अस्पताल तोडफोड गरेको जनाइएको छ ।

झापाको कमल गाँउपालिका १ का ११ महिने शिशुलाई उपचारका लागि एडभान्स हस्पिटलमा ल्याइएको थियो । एन्टिजेन जाँच गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालको भनाइ छ । शुक्रबार ल्याइएका वालकलाई आवश्यक जाँच र औषधि दिएर अस्पतालले घर पठाएको बताएको छ । शिशुको स्वास्थ्यमा थप समस्या देखिएपछि पुनः अस्पताल ल्याएको र ल्याउनासाथ मृत्यु भएपछि तनाव शुरु भएको स्थानीयले बताएका छन् ।

चिकित्सकले लेखिदिएको औषधि तथा सुई घरमा स्थानीय स्वास्थ्यकर्मीले लगाई दिएको र स्वास्थ्य समस्या देखिएपछि आफन्तले पुन एड्भान्स अस्पतालमा ल्याएको मृतकका एक आफन्तले बताउनुभयो । शुक्रबार बेलुका नै मृत्यु भएको वालकको शव अस्पतालमा राखेर आफन्तहरुले शनिवार विहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए । अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहँदा अस्पताल तोडफोड भएको अस्पताल सञ्चालक समितिका अध्यक्ष माधव पराजुलीले बताउनुभयो ।

अस्पताल परिसरमा तनाव भएपछि आक्रोशित पीडितका आफन्त तथा समूहलाई प्रहरीले नियन्त्रणमा लिएर केही घण्टा इलाका प्रहरी कार्यालय दमकमा राखेर छलफल भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?