logo
२०८१ बैशाख ४ मंगलवार



देशभर ६४ जिल्लामा काँग्रेसको गाउँ र नगरपालिका अधिवेशन आज

राष्ट्रिय |


देशभर ६४ जिल्लामा काँग्रेसको  गाउँ र नगरपालिका अधिवेशन आज


काठमाडौं, असोज ९ गते । सत्तारुढ दल नेपाली काँग्रेसको ६४ जिल्लाहमा गाउँरनगरपालिका अधिवेशन आज (शनिबार)देखि हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँरनगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आज अधिवेशन सुरु हुने भएको हो । तर, जिल्लाहरुको हकमा जिल्ला निर्वाचन अधिकृतलाई नै जिम्मा दिइएको यादव बताउनुहुन्छ । काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो नलागेको पनि उहाँले बताउनुभएको छ ।

आज ६४ जिल्लामा गाउँ र नगरपालिका अधिवेशन गर्ने भन्ने महाधिवेशनको कार्यतालिका हो तर, कहाँ( कहाँ सुरु भयो भन्ने आज साँझसम्ममा टुंगो लाग्छू, यादवले बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?