logo
२०७८ कार्तिक १० बुधवार



मुख स्वास्थ्यमा ध्यान

विचार/दृष्टिकोण |


मुख स्वास्थ्यमा ध्यान


डा. सुभाष घिमिरे
मानिसको स्वास्थ्यमा नाभी र मुख स्वास्थ्यको महत्त्वपूर्ण स्थान हुन्छ । आमाको गर्भमा रहँदा बच्चाका लागि जसरी नाभीको महत्त्व हुन्छ त्यस्तै समग्र स्वास्थ्यका लागि मुख स्वास्थ्य महत्त्वपूर्ण हुन्छ । गर्भमा रहेको बच्चालाई मुटुदेखि हरेक धड्कन तथा सबै पोषणतìव नाभिबाटै प्राप्त हुने गर्छ ।
जन्मिसकेपछि सबैभन्दा प्रमुख मुख स्वास्थ्य हो । खानका लागि मात्र मुख महत्त्व होइन, समग्र स्वास्थ्यको अङ्ग मुख स्वास्थ्य हो । अनुहारलाई पनि मुख स्वास्थ्य भन्ने गरिन्छ । मुख सम्पूर्ण रूपमा ठिक हुनुपर्छ । दाँतको पनि स्वास्थ्यमा आफ्नै महìव हुन्छ । जिब्रो, गाला, थुकका ग्रन्थीहरूको आ–आफ्नो महत्त्व हुन्छ । मुख भनेको प्रमुख द्वार हो । मृत्यु पर्यन्त पनि मुखको महìव रहेको पाइन्छ । दागबत्ती पनि मुखबाट दिने गरिन्छ ।
गर्भभित्र नाभीलाई प्रमुख रूपमा लिइन्छ । जन्मिसकेपछि पनि मुख त्यसको केन्द्रबिन्दु हो । बोल्ने, खानेलगायत सम्पूर्ण काम मुखले गर्छ । ऐना पनि मुख हो । कोही व्यक्ति रिसायो, चिन्ता प-यो भने पनि उसलाई के भएको हो भन्ने मुखबाटै थाहा हुन्छ । राति निदाउन नसकेको मानिसको अनुहार हेरेर अन्य मानिसले थाहा पाउँछ । पेट दुखेर चिकित्सककोमा गएमा सुरुमा आँखालाई चलाएर हेर्ने गरिन्छ । मुखमा टर्च बालेर हेर्ने गरिन्छ । पेट दुखेको मानिसको किन टर्च बालीबाली मुख हेर्नुप-यो ? मानिसको शरीरमा भएको रोगसमेतको पहिचान मुखबाटै गर्ने भएकोले सम्पूर्ण शरीरको ऐना भनेकै मुख हो ।
मुखको हेरचाह गर्ने हो भने ९० प्रतिशत रोग लाग्दैन । ९० प्रतिशत रोग लाग्दैन भन्नुको अर्थ मुख स्वास्थ्यलाई विशेष ध्यान दिने हो भने शरीर स्वास्थ्य बोनसका रूपमा प्राप्त हुन्छ । दुर्घटनालगायतका समस्या मात्र १० प्रतिशतमा पर्छ । नसर्ने रोग पनि मुखकै कारणले लाग्छन् ? भन्ने प्रश्न उठ्न सक्छ । मुखकै कारणले अन्य नसर्ने रोगहरू पनि लाग्ने गर्छ । सर्ने रोग पनि मुखबाट सर्छ । कोरोना मुख तथा नाकबाट सर्छ । नसर्ने रोग पनि मुखकै कारणले बढेका हुन् । साइकोलोजी, पेटलगायत अन्य रोगका चिकित्सकसँग पनि बुझ्न सकिन्छ कि अन्य रोग लाग्ने कारण मुख स्वास्थ्यलाई हेरचाह नगर्नु हो ।
रोग नलाग्ने भनेको दिनचर्या हो । दिनचर्यामा नियमित एक्सरसाइज गर्नुपर्छ । त्यसमा मुखको पनि ‘एक्सरसाइज’ गर्नुपर्छ । मुखले जे पनि खानेकुरा खाने गर्छ । त्यसले मुखलाई असर गरिरहेको हुन्छ । ध्यान गर्नेले ध्यान मात्र गर्ने भन्छ, योग गर्नेले योग मात्र गर्छ । तर त्यस्तो होइन, अनिवार्य ‘एक्सरसाइज’ गर्नैपर्छ । योगीहरू एकछाक खान्थे । फलफूल मात्र खान्थे र शारीरिक व्यायामको आवश्यकता पर्दैनथ्यो । अहिले हाम्रा खानेकुरा स्वस्थकर छैनन्, जसले गर्दा धेरैजसो रोगहरू खानेकुराबाटै लाग्ने गर्छ ।
राम्रा खानेकुरा भनेको प्राकृतिक खानेकुरा हुन् । प्रकृतिसँग एकाकार भएर अघि बढ्न सक्यौ भने हामीलाई रोग नै लाग्दैन । जुन खानेकुरालाई पकाएर खानुपर्दैन, त्यसलाई प्राकृतिक खानेकुरा भनिन्छ । सकेसम्म पकाएर खाने चिज नखाउँ । जसलाई प्रशोधन गर्नुपर्दैन त्यस्ता खानेकुरालाई जोड दिँदा त्यसले शरीर र मुखलाई समेत सफा गर्छ ।
जीवनमा रोग निम्त्याउने खानेकुरा भनेको नुन, चिनी तथा गुलियो पदार्थ र तेल हुन् । यी खाद्य पदार्थले मानिसको जीवनलाई कहिल्यै पनि राम्रो गर्दैन । सुर्तीले पनि मानिसको शरीरलाई हानि पु¥याइरहेको हुन्छ । त्यसैले शरीरमा पानीको मात्रालाई बढाउनुपर्छ । पानी पिउँदा कलकल नपिएर जहिले पनि विस्तारै चपाएर पिउनुपर्छ । थुक औषधि हो । थुकसँग मिसाएर खाएमा राम्रो हुन्छ । थुकसँग पानी मिसाएर खायो भने स्वस्थ जीवन जिउन सकिन्छ । पानी मात्र पियो भने तुरुन्त पिसाब आउँछ तर विस्तारै चपाएर पानी निल्यो भने पिसाब आउँदैन । यसरी पिएको पानी शरीरका लागि अति नै उत्तम औषधि हुने गर्छ । यसले दाँतमा किरा लाग्ने समस्याबाट पनि बचाउँछ । पेटसम्बन्धी रोगबाट पनि बचाउँछ । शरीरका अन्य रोग पनि हुन दिँदैन । हामीले खाने ‘जङ्क फुड’ ले कालान्तरमा ठूला रोगहरू
निम्त्याउन सक्छ ।
‘साइकोलोजीकल पार्ट’ पनि मुखले जन्माउने हो । सोचलाई सही राख्यो भने त्यसले सफलता टेक्छ । यदि हेर्ने मानिसको दृष्टि सकारात्मक भयो भने पनि राम्रो हुन्छ । वाणी मिठो भयो भने तपाईंका ९५ प्रतिशत समस्या समाधान हुन्छन् । मुखले नै हामी अरूलाई वैरी बनाउँछौँ । ‘साइकोलोजी’ समस्या हुने पनि मुख र बोलीले हो । मान्छेको सानो ‘अल्सर’ त्यसलाई सोच्दासोच्दा ‘क्यान्सर’ मा विकास भइसकेको हुन्छ । सोचले चितासम्म लैजान्छ । मुखको हेरचाह गर्नलाई ‘एक्सरसाइज’ गर्ने र खानपानमा ध्यान दिनुपर्छ ।
ब्रसले मात्र मुख सफा हँुदैन । खानपिनमा जबसम्म सुधार गर्नुहुन्न तबसम्म मुख स्वास्थ्य राम्रो हुन्न । मुख स्वास्थ्यको सम्बन्ध मुटुसँग पनि हुन्छ । मुख स्वास्थ्यको सम्बन्ध मिर्गौला, पेटलगायत हरेकसँग छ । सानै उमेरमा माइग्रेनको औषधि खानुपर्ने अवस्था छ । मधुमेह नियन्त्रण छैन । नियमित औषधि खान्छ, डाक्टरसँग परीक्षण गराउँछ तर मधुमेह नियन्त्रण भएकै हुन्न । यो अवस्था मुख स्वास्थ्यले गर्दा भएको हो । मुख स्वास्थ्यले गर्दा मधुमेह नियन्त्रणमा हुन्न । मुख स्वास्थ्यले गर्दा मधुमेह र रक्तचाप पनि उच्च हुन्छ । पेट, मुटुका रोग पनि बढ्ने हुन्छ । जति पनि अङ्गहरू छन् तिनीलाई मुख स्वास्थ्यले असर गर्छ ।
खानेकुरा आफैँ ब्रस हो । त्यसले शरीर र मुख दुवै सफा गर्छ । शरीर आफँै औषधि हो । दबाइले त दबाउने मात्र काम गर्छ, निर्मूल पार्ने काम गर्दैन । उच्चरक्तचापको औषधिले रोग दबाउने काम गर्छ तर निर्मूल भएको हुँदैन । उच्चरक्तचापको समस्याबाट मुक्त बनाउने ‘पावर हाउस’ शरीर नै हो । यसकारणले आफ्नो शरीरलाई औषधि बनाउन सकिन्छ । त्यो भएमा औषधि शरीरबाटै निस्कन्छ ।
ब्रस सामान्यतया दुई पटकसम्म गर्नुपर्छ । यदि कुनै बिरामी परेका छैनौँ भने । रोगसँग लड्ने क्षमता प्रशस्त छ भने दुई समय ब्रस गर्दा हुन्छ । यदि मधुमेह, उच्चरक्तचाप लगायतको रोग छ भने खाना खाइसकेपछि हरेक पटक ब्रस गर्नुपर्छ । राति सुत्नुभन्दा अगाडि र बिहान उठिसकेपछि अनिवार्य ब्रस गर्नुपर्छ । सामान्यतया राती ब्रस गरेकै हुन्छ, बिहान किन ब्रस गर्नुप¥यो ? भन्ने लाग्नसक्छ । तर बिहान खाएर ब्रस गर्ने होइन । खानेकुराले तपाईंले खाएको खानेकुरा अड्केको निकाल्ने हो । त्यसैले उठ्नेवित्तिकै ब्रस गर्नुपर्छ ।
बिहान उठ्नेवित्तिकै खाली पेटमा पानी पिउनु भनेको बिख समान हो । थुक औषधि हो तर त्यही थुक बिहानको बेलामा बिख हो । रातभरि मुख चल्दैन । चल्यो भने थुक निस्किन्छ । राति सुत्दा मुख चल्दैन । दाँतको लियरमा ‘ब्याक्टेरिया’ जम्मा भएको हुन्छ । बिहान उठेर पानी खाइदिन्छाँै । मुखमा भएको ‘ब्याक्टेरिया’ पेटमा गएर ‘ग्याष्ट्रिक’ समस्या हुन्छ । त्यसैले बिहान उठ्ने वित्तिकै ब्रस गर्नुपर्छ । हामीले ब्रस गर्दा तीनभाग मात्र ब्रस गरेका हुन्छौँ । तर दुई दाँतको बीचको भागमा कहिल्यै ब्रस गर्दैनौँ । त्यसैले सबै भागमा ब्रस गर्नुपर्छ ।
दुई दाँतको बीचको फोहोर ‘इन्टरडेन्टल ब्रस’ ले मात्र सफा गर्न सकिन्छ । खाना चपाउने भागमा ‘ब्याक्टेरिया’ ले घर बनाइसकेको हुन्छ । केही नभए पनि छ महिनामा एक पटक चिकित्सकलाई देखाउनुपर्छ । मुखभित्र कुनै सेतो, कालो घाउहरू छन् भने पनि याद गरिरहनुपर्छ । १४ दिनसम्म निको भएन भने चिकित्सकलाई देखाइहाल्नुपर्छ ।
मुखमा विभिन्न किसिमका समस्या आउँछन् । धेरैजसो दाँतमा किरा लाग्ने समस्या, गिजा पाक्ने समस्या देखिन्छ । मुख स्वास्थ्यमा जन्मदै लिएर आएको समस्या पनि हुन्छ । तालुखुडे, ओठखुँडे जस्ता रोग जन्मदै मानिसले लिएर आएका हुन्छन् । कसैको दात जन्मनेवित्तिकै आउँछ । सबैमा देखिने समस्या किरा लाग्ने समस्या हो ।
दाँतको विकासको प्रक्रियामा धेरै समस्या देखिरहेका हुन्छन् । श्वासप्रश्वासमा समस्या पनि दाँतको समस्याले गर्दा हुन्छ । दाँतको जराको विकास नहुनु, बङ्गराहरू सानो भएर निस्किनुजस्ता समस्या पनि हुन्छन् ।
‘साइकोलोजी’ समस्याले मुटु र दाँत दुवैलाई असर गर्छ । दाँत फुट्ने, दाँत चोइटिनेलगायतका समस्या पनि हुन्छ । हामीले कहिल्यै पनि खानेकुरा बार्दैनौँ । जे भेटाए पनि खाने गरेका छौँ । संसारमा सबैभन्दा बढी ‘क्यान्सर’ हुने कारण चिनी हो । चिनीबाट निर्मित गुलियो पदार्थले दाँतमा किरा लाग्छ भन्ने मात्र होइन । तपाईंले राम्रोसँग ब्रस गर्नुभयो भने दाँतमा किरा नलाग्न सक्छ । चिनीले शरीरको माइक्रो तहमा समस्या उत्पन्न हुन्छ ।
अप्राकृतिक जीवनशैलीले समग्र स्वास्थ्य प्रणाली बिगारिरहेको छ । प्राकृतिक रूपमा जीवनशैली अपनाउन सके कुनै रोग लाग्दैन । हड्डी भाँचियो, दुर्घटनामा परियो भने छुट्टै हो तर प्राकृतिक जीवनशैली अवलम्बन गर्न सकेको खण्डमा हामीलाई कुनै पनि रोगले छुँदैन । प्राकृतिक जीवनशैली अपनाएको अवस्थामा जन्मने बच्चामा पनि कुनै किसिमको असर हुँदैन ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?