logo
२०८० चैत्र १६ शुक्रवार



प्याजमा आत्मनिर्भर बन्दै हुम्ला जिल्ला

अर्थ |
प्रदेश |


प्याजमा आत्मनिर्भर बन्दै हुम्ला जिल्ला


राजन रावत
हुम्ला, असोज ८ गते । सधै नेपालगञ्ज र सुर्खेतबाट महँगो हवाई ढुवानी तिरेर ल्याएको प्याज उपभोग हुँदैआएको हुम्ला जिल्ला यस वर्षबाट प्याजमा आत्मनिर्भर भएको छ । किसानले प्याज खेतीलाई व्यवसायीक रुपमा खेती गरेर उत्पादन गर्न थालेपछि जिल्ला आत्मनिर्भर बन्दैगएको हो ।

खार्पुनाथ गाउँपालिका– ४ का बीर्खबहादुर रावलले असार महिना यता ३३ क्वि

न्टल प्याज उत्पादन गरेर बिक्री गरेको बताउनुभयो । बिधान कृषि तथा पशुपन्छी फर्मबाट व्यवसायिक तरकारी खेति सुरु गर्नु भएका रावतले यसअघि केही रुपमा मात्र उत्पादन गर्दैआउनुभएको थियो । यसपाली प्याज खेतीलाई चार रोपनीमा बिस्तार गरिएको बताउनुभयो ।

डेढ सयदेखि दईसय रुपियाँ प्रतिकेजी बिक्री गर्नुभएका उहाँले कात्तिक महिनासम्म नयाँ लटको प्याज उत्पादन हुने बताउनुभयो । यता सिमकोट गाउँपालिकाका रुपेन्द्र रोकायाले १७ क्विन्टल प्याज उत्पादन गरेर प्रतिकेजी डेढ सयमा बिक्री गरेको बताउनुभयो । उहाँले पुनः नयाँ खेती सुरु गरिसक्नुभएको जानकारी दिनुभयो ।

हुम्लामा धेरै किसानले व्यवसायिक रुपमा प्याज खेती गरिरहेका कारण बाहिरबाट प्याज आउन छोडेको बताउनुहुँदै अब हुम्ला प्याजमा आत्मनिर्भर बन्दै गएको रावतको भनाइ छ । जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा प्याज उत्पादन भएर बिक्री हुँदैआएको कृषकले जानकारी दिनुभएको छ ।

जिल्लामा सत्तरीभन्दा बढी किसानले व्यावसायिक प्याजखेती सुरु गरेको कृषि बिकास कार्यालयले जनाएको छ । सो कार्यालयका सुचना अधिकारी धर्मेन्द्र अधिकारीका अनुसार जिल्ला बाहिरबाट प्याज आउन छोडेको छ । अहिले जिल्लामा किसानले उत्पादन गरेको प्याजले धान्न सुरु भएको उहाँको बुझाइ छ । यद्यपि कार्यालयसँग जिल्लामा प्याज उत्पादनबारे एकिन विवरण छैन । तरकारी बालीमै प्याजखेती पर्ने भएका कारण प्याजमा हुम्ला आत्मनिर्भरउन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो । व्यावसायिक प्याजखेती गर्ने प्रत्येक किसानले आफ्नै बारीमा बीस क्विन्टलसम्म उत्पादन गर्नेगरेको कार्यालयको बुझाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?