logo
२०८१ बैशाख ७ शुक्रवार



संवैधानिक इजलाससम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश ढुङ्गाना र शर्माको संयुक्त इजलासमा जारी

राष्ट्रिय |


संवैधानिक इजलाससम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीश ढुङ्गाना र शर्माको संयुक्त इजलासमा जारी


काठमाडौं, असोज ८ गते । प्रधानन्यायाधीशबिनाको संवैधानिक इजलास गठन हुन सक्ने कि नसक्ने भन्ने मुद्दाको सुनुवाइ सर्वोच्च अदालतमा जारी छ । शुक्रबार न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र मनोजकुमार शर्माको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुरु भएको हो ।

सर्वोच्चले अधिवक्ता दीपकविक्रम मिश्र र डा. गणेश रेग्मीले दायर गर्नुभएको छुट्टाछुट्टै रिटको सुनुवाइ न्यायाधीशद्वय ढुङ्गाना र शर्माको संयुक्त इजलामा पेशी तोकेको हो ।

प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र अन्तिम (फैसला) हुने दिन आफू बिदा बस्ने भन्नुभएको भन्दै उक्त निर्णय संविधानविपरीत भएको दाबीसहित अधिवक्ता गणेश रेग्मीले सर्वोच्चमा रिट दर्ता गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?