logo
२०८० चैत्र १५ बिहीवार



सुविधा सम्पन्न भवन भएपनि बिरामीलाई टहराबाट सेवा

स्वास्थ्य |
प्रदेश |


सुविधा सम्पन्न भवन भएपनि बिरामीलाई टहराबाट सेवा
निर्माण सम्पन्न भए पनि प्रयोगविहीन स्वास्थ्यचौकी भवन



मनोज भट्टराई
ओखलढुंगा, असोज ४ गते । ओखलढुंगाको मोलुङ गाउँपालिकामा रहेका दुई स्वास्थ्य संस्थाका भवन प्रयोगविहीन भएका छन् । नयाँ भवन निर्माण भए पनि आवश्यक पूर्वाधार व्यवस्थापन नहुँदास्वास्थ्य चौकी भवन प्रयोगविहीन बनेका हुन् ।
मोलुङ गाउँपालिका–२ रामपुरमा पाँच वर्षदेखि निर्माणाधीन भवन अझै हस्तान्तरण भएको छैन । ठेकेदारले निर्माण सके पनि हस्तान्तरण नगर्दा पुरानो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । भवनका झ्याललगायत केही काम बाँकी रहेको भन्दै निर्माण कम्पनीले अझै हस्तान्तरण गरेको छैन । मोलुङकै वडा नं.४ हर्कपुरको भवनको पनि यस्तै हालत छ । निर्माण सकिएर हस्तान्तरण भइसकेको भए पनि आवश्यक फर्निचर तथा अन्य भौतिक सामग्री नहुँदा प्रयोगमा भवन ल्याइएको छैन । अस्थायी रूपमा निर्माण गरिएको साँघुरो टहराबाट स्वास्थ्य चौकीले सेवा दिइरहेको छ ।
साँघुरो भवनमा विरामी बस्ने प्रतीक्षालय र प्रशासनिक कक्षसमेत अभाव छ । भवन बने पनि यसलाई आवश्यक फर्निचरलगायत अन्य उपकरण नहुँदा भवन प्रयोगमा नआएको वडाध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । नयाँ भवनमा आवश्यकतानुसार उपकरण तथा फर्निचर नभएका कारण उपयोगमा नल्याएको उहाँको भनाइ छ । भवनलाई आवश्यक फर्निचरहरु वडा कार्यालयले खरिद गर्न नसक्ने, पालिकाले योजना बनाए पनि कोभिड नियन्त्रणमा बजेट खर्च भएकाले भवन प्रयोगमा नआएको उहाँले बताउनुभयो ।
सुविधा सम्पन्न भवन चाबी लगाएर राखिएको छ, तर सेवाग्राही बस्ने प्रतीक्षालयसमेत नभएको सँगैको अस्थायी ट्रस्टबाट सेवा दिन बाध्य भएको स्वास्थ्यकर्मी बताउँछन् । गाउँपालिकाको स्वास्थ्य शाखाले चासो नदिएपछि भएका पूर्वाधारसमेत प्रयोगमा नआउँदा सेवा प्रवाह प्रभावित भएको छ । साँघुरो ठाउँमा सेवा दिनुपर्ने, गोप्य परामर्श दिनुपर्ने विषयमा छुट्टै व्यवस्थित कक्ष नहुँदा समस्या हुने गरेको उनिहरुको गुनासो रहेको छ ।
रामपुर र हर्कपुरका भवन प्रयोगमा ल्याउनेबारे पालिकाले चासो दिएको छैन । पालिकाले दाताले स्वास्थ्य चौकीहरूलाई पठाएका स्वास्थ्य उपकरणसमेत वितरण नगरेर स्टोरमा राखेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?