logo
२०८१ बैशाख ८ शनिवार



गजल

शनिवार |


गजल


साम्ब ढकाल

साथी साथी हो उसँग, छुराको के कुरा
पिउन आँसु नै काफी छ, सुराको के कुरा ।

उठेका यी हातहरू त्यसै के लत्रेलान् र
नेलै लाउन तयार छु, चुराको के कुरा ।

कुरैमात्र गर्ने न हुन् चोकचोक ढुक्नेहरू
बतौरेका जुलुसै आउन्, कुराको के कुरा ।

अघाएको धाक लाउने बानी पुरानै हो
घरघरै जुठो थाप्नेको, पुराको के कुरा ।

साम्बलाई बिदाइ भव्य ग¥यौ नि गर्न त
गुड्ने पाङ्ग्रै खुस्काएछौ, धुराको के कुरा । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?