logo
२०८१ बैशाख ७ शुक्रवार



आकर्षण ब्युटिपार्लरको

शनिवार |


आकर्षण ब्युटिपार्लरको


गीता शाह

आदिमकालदेखि अहिलेसम्म नारी सौन्दर्यको वर्णनमा रत्तिभर कमी आएको छैन । नारी सौन्दर्यका लागि शृङ्गार (मेकअप)को विशेष भूमिका हुन्छ । शृङ्गारले नारीमा आत्मविश्वास पनि बढाउँछ । फेरि शृङ्गारका लागि समयअनुसारको सौन्दर्यकला जान्नुपर्छ । नारी जीवनमा सौन्दर्यकलालाई महìवपूर्ण विद्याको रूपमा लिइन्छ । पछिल्ला दिनमा त ब्युटिपार्लर जाने र मेकअप कलाकारबाट शृङ्गार गराउने चलन बढ्दो छ ।
मेकअप कलाकार बन्न भने त्यति सजिलो छैन । काम हेर्दा सजिलो देखिए पनि प्रक्रिया पु¥याएर ग्राहकको रोजाइको शृङ्गार तथा सौन्दर्य उपचार गर्नु चुनौतीपूर्ण काम हो । जसका लागि आवश्यक सीप चाहिन्छ । सीपका लागि तालिम तथा प्रशिक्षण लिनुपर्छ । तालिम तथा प्रशिक्षण लिएपछि यसको औपचारिक परीक्षण हुन्छ । परीक्षणमा उत्तीर्ण भएर प्रमाणपत्र लिएपछि यो व्यवसाय सुरु गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी)ले सौन्दर्य व्यवसाय गर्न इच्छुकका लागि विभिन्न चरणको दक्षता परीक्षण लिँदै आएको छ । यस्तो प्रमाणपत्रका आधारमा नै सौन्दर्य तालिम केन्द्र तथा ब्युटिपार्लर स्थापना गर्न सकिन्छ । सीटीभीटीका अनुसार अहिलेसम्म दुई लाख ६० हजारभन्दा बढीले दक्षता परीक्षणको प्रमाणपत्र लिइसकेका छन् । गत आर्थिक वर्षमा मात्र ५० हजारभन्दा बढीले दक्षता परीक्षणको प्रमाणपत्र लिएका थिए । यो क्रम बढ्दो छ । यो तथ्याङ्कले पनि के देखाउँछ भने हरेक वर्ष सौन्दर्य सीपलाई आफ्नो पेसा बनाउन चाहनेहरूको सङ्ख्या बढ्दो छ ।

यसरी हेर्दा सौन्दर्यकला व्यवसायकै रूपमा विकास भइरहेको छ । सौन्दर्य व्यवसायमा दक्ष जनशक्ति उत्पादन गरी यसको विकासका लागि निजी तथा सरकारी तवरबाट विभिन्न प्रयास भएका छन् । नेपालमा २०५९ सालदेखि सीटीभीटीअन्तर्गत सौन्दर्य व्यवसायीको दक्षता परीक्षण गर्ने प्रणाली सुरु भएको हो । यसअनुसार लेभल १ र लेभल २ का प्रमाणपत्र लिनेको सङ्ख्या धेरै छ । यसका अलावा स्थानीय स्तरमा नगरपालिका, उद्योग वाणिज्य सङ्घ र घरेलु तथा साना उद्योग विकास समितिमा दर्ता गरेर पनि यो व्यवसाय सञ्चालन भइरहेका छन् । यो क्षेत्र व्यवस्थित हुने हो भने महिलालाई आत्मनिर्भर, स्वावलम्बी बनाउँछ । रोजगारीको नाउँमा विदेशिने क्रम पनि कम हुन्छ । यसका लागि सौन्दर्यकर्मीको आत्मसम्मान बढाउने र व्यवसायमा टिकाइराख्ने उपाय खोज्नु जरुरी छ ।

सौन्दर्य कलाको चर्चा गर्दा नेपालमा यसको भविष्य सुनौलो छ । केही समयअघिसम्म सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैनथ्यो । समयसँगै व्यक्ति र समाजको सोचमा पनि परिवर्तन आयो र यो व्यवसाय उम्दा बनेको हो । बिहे, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेसन सो आदिमा मेकअप कलाकारको माग दिन प्रतिदिन बढिरहेको छ । यसले मेकअप कलाकार बन्नका लागि प्रशिक्षण लिनेकोे सङ्ख्या पनि बढाइरहेको छ । मेकअप आज चाहिने, भोलि नचाहिने भन्ने पनि हुँदैन । त्यसैले मेकअप कलाकारले बेरोजगार बस्नुपर्दैैन । विभिन्न संस्थामार्फत प्रशिक्षणमा जाँदा पनि कमाउन सकिन्छ । कति(पयले त राम्रो कमाइ गरेर राजधानीमै घर बनाउन सफल पनि भएका छन् । तत्कालका लागि कोभिड–१९ को महामारीले बन्दाबन्दी, निषेधाज्ञा हुँदा केही असर परेको होला तर सधैँ यस्तो हुँदैन ।

महिलालाई स्वरोजगार बन्न यो व्यवसाय उत्तम बन्दै गएको छ । अझ यसलाई बढाउन सरकारी स्तरबाट लगानीका अवसरहरू सिर्जना गरिदिनुपर्छ । विश्व बजारमा आएको पछिल्लो प्रविधि अँगालेर गुणस्तरीय सौन्दर्य कलासम्बन्धी व्यवसाय महिलाका लागि आर्थिक उन्नतिको प्रमुख आधार बन्न सक्छ ।
जुनसुकै पेसा, व्यवसाय गर्नका लागि पनि आवश्यक सीप र दक्षता अनिवार्य हुन्छ । मेकअप कलाकारको काम गर्ने व्यक्तिका लागि पनि आधारभूत तालिम पहिलो आवश्यकता हो । ब्युटिपार्लर सञ्चालन सामान्य कामका रूपमा बुझ्नु गलत हो । यो पेसा ग्राहकको सौन्दर्य र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ । त्यसैले मेकअप कलाकारमा आवश्यक सीप हुनुपर्छ । सौन्दर्य पेसा सञ्चालन गर्ने इच्छुक व्यक्तिले तालिम केन्द्र तथा वरिष्ठ सौन्दर्यविद्सँग आधारभूत, डिप्लोमा अथवा त्योभन्दा एड्भान्स लेभलका तालिमहरू लिन सकिन्छ ।

आवश्यक तालिम प्राप्त गरेपछि विभिन्न ब्युटिपार्लरहरूमा गई कामका बारेमा थप अनुभव पनि लिन सकिन्छ । जसले गर्दा सैद्धान्तिक शिक्षालाई प्रयोगात्मक ढङ्गले अझै प्रभावकारी बनाउन सहयोग पुग्छ । तालिमपछिको अभ्यासले सीप तिखार्नमा मद्दत पुग्छ ।
बदलिँदो समयसँगै सौन्दर्यप्रति चासो दिनेहरूको सङ्ख्या बढेको छ । जसले यो क्षेत्रमा रोजगारी बढाउन मद्दत पुगेको छ । पछिल्लो समय स्वदेशमा मात्र होइन, यस्ता तालिम लिएर विदेशिनेहरूको सङ्ख्या पनि बढ्दो छ तर कतिपय साना सहर, बजारमा सञ्चालित पार्लरहरूमा भने दक्षताबिना नै ब्युटिपार्लर सञ्चालन भएका छन् । आधारभूत ज्ञानबिना नै खोलिएका ब्युटिपार्लरहरूबाट ग्राहकले पाउने सेवा कति प्रभावकारी रहला भन्ने अर्को सवाल हुनसक्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?