logo
२०८० चैत्र १५ बिहीवार



प्रकृतिमा रमाउँदै(कविता)

शनिवार |


प्रकृतिमा रमाउँदै(कविता)


कणाद महर्षि

मैले सोधेँ माटोलाई
के थामेर आयौ ?
उसले मलाई उभ्याएर भन्यो
हावा र पानीलाई ओरालेर आएँ !

सोधेँ पानीलाई
के रुझाएर आयौ ?
मलाई पखालेर भन्यो
माटो र हावालाई नुहाएर आएँ !

सोधेँ प्रकाशलाई
के छरेर आयौ ?
मलाई उज्यालो ओढाएर भन्यो
कान्ति बाँडेर आएँ !

सोधेँ हावालाई
के सुसाएर आयौ ?
मलाई सास फेराएर भन्यो
माटो, पानी र प्रकाशबाट बतासिएर आएँ !

सोधेँ गगनलाई
किन उदाङ्ग भएर आयौ ?
मलाई नङ्ग्याएर भन्यो
सर्वव्यापक भएर आएँ !

उत्तरहरू सुनेर म स्वयं
प्रकृतिमा रमाउँदै,
पाँच तìव भोग्दै आएँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?