logo
२०८० चैत्र १६ शुक्रवार



इटालीको अपराजित यात्रा जारी, वेल्सको अन्तिम १६ पुग्ने सम्भावना बलियो

फुटबल |
खेलकुद |


इटालीको अपराजित यात्रा जारी, वेल्सको अन्तिम १६ पुग्ने सम्भावना बलियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, असार ७ गते । युरो कप फुटबल २०२० मा इटालीको अपराजित यात्रा जारी छ । गए राति अबेर सम्पन्न खेलमा इटालीले वेल्सलाई हराउँदै लिगको तीनमध्ये तीनै खेलमा जित हात पार्दै शतप्रतिशत नतिजा निकालेको छ । इटाली यसअघि नै समूह ए को विजेता हुँदै युरो कप फुटबलको अन्तिम १६ मा स्थान बनाइसकेको छ । समग्रमा इटालीको यो ३० औं अपराजित खेल रहन गयो ।
वेल्समा आइतबार सम्पन्न खेलमा इटालीले आफ्नो नियमित टोलीमा नौ परिवर्तन गरी वेल्स विरुद्ध मैदानमा उत्रेको थियो । माटेओ पेस्सीनाको एक मात्र गोल इटालीको वेल्समाथिको सङ्घर्षपूर्ण जितमा निर्णायक रहन गयो ।
वेल्सले एक घण्टाभन्दा बढी समय दश खेलाडीमा सीमित रहेर इटाली विरुद्ध खेल्नुपरे पनि ठूलो गोल अन्तरको हारबाट आफूलाई जोगायो । इथान एम्पाडुले फेडेरिको बर्नेस्कीलाई लडाउँदा म्याच रेफ्रीले रातो कार्ड देखाए पनि वेल्स दश खेलाडीमा सीमित हुन पुग्यो ।
वेल्सले भने इटाली विरुद्धको समान्य अन्तरको हारले ठूलो राहतको रुपमा लिएको छ । अङ्कतालिकामा ऊ दोस्रो स्थानमा छ । समान अङ्क रहे पनि स्वीटजरल्याण्ड तेस्रो स्थानमा रहँदा वेल्सको अन्तिम १६ मा छनोट हुने सम्भाबना बलियो छ ।
इटालीले अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहने टोलीसँग स्पर्धा सुनिश्चित गरेको छ । रोबर्ट पेजको वेल्सले भने अन्तिम १६ मा समूह बी को उपविजेतासँग स्पर्धाको तयारीमा लाग्ने बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?