logo
२०८० चैत्र १५ बिहीवार



शारदा वन्दना (कविता)

शनिवार |


शारदा वन्दना  (कविता)


हिडपाली साइँलो


तिमी भइदिए मात्रै वाणीको मूल खुल्दछ
तिमी अक्षरमा हुँदा प्रचुर स्रोत बन्दछ
तिमीले दिएकै कारण प्रभाव हुने नै भयो
तिमी दयावती छौ हे ! हाम्रो चेतनामा खुल्यो ।

विवेक उपयोग गर्न तिम्रो कृपा मलजल
मानव सक्षम हुन्छन् ज्ञान पुग्छ जनजन
हामी प्रयत्नमा रम्छौँ वर्षन्छ कि कृपा भनी
निष्काम कर्मको सेवा गर्नुपर्ने दायित्व ली ।

जन्मभूमि पनि हाम्री सेवा लिइरहेकी छन्
तिम्रो, उन्को सेवा कार्य अविरल भइरहून्
सेवाको यो गति पुस्ता–पुस्तासम्म गइरहोस्
राष्ट्रप्रेमी भावनाको चिन्तन सधैँ चलिरहोस् ।

सेवा गरेर नै सदा प्रसन्नता छाइरहोस्
समाज समृद्ध हुन सहजता भइरहोस्
तिमी भइदिए मात्रै वाणीको मूल खुल्दछ
तिमी अक्षरमा हुँदा प्रचुर स्रोत बन्दछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?