logo
२०८१ बैशाख १३ बिहीवार



मुक्तक

शनिवार |


मुक्तक


महेशराज खरेल

म सम्हालुँला तिमीलाई यतातिर लर्कियौ भने
हृदयमै राखुँला तिमीलाई यतातिर फर्कियौ भने
पिरतीले माया खोज्छ, दया हैन बुझ सानु,
अमृत पनि विष बन्ला सानू तिमी झर्कियौ भने ।


नठान तिमी जहिल्यै पैसा सबथोक हुन्छ
मानिसको दुखेको मन न त पैसाले धुन्छ
ज्ञान–शिक्षालाई धनको बन्धक बनायौ भने
संसारमा पलाएको मानवता–विवेक रुन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?