logo
२०८१ बैशाख ८ शनिवार



गजल

शनिवार |


गजल


भाइरामप्रसाद दाहाल

स्वयम्भूमा रात बसेँ तिमीलाई सम्झी सम्झी
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
आँसु मेरा कति कति रातैभरि झरी रहे
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
मभन्दा पनि ठूलो सम्पत्ति नै रहेछ त्यो
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
हे दैव ! कस्तो सखी यो कली हेर यी
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
चेत आओस् छिटै गरी आसा गर्छु अझै पनि
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
मेरो सिन्दूर लाएकी भएर मात्र यो
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
एकफेर मात्र पनि मतिर फर्क तिमी
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
स्वागत गर्छु सधैँभरि माया दिँदा अलिकति
तिमीसँग घण्टौँ बसी पीडा पोखेँ सबै सबै ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?